ब्रेकिंग न्युज

मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गयो



बाँके २७  कार्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका २ मा मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको ज्यान गएको छ । दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ को नेउलापुरका २२ वर्षीय आशिष थारू र १९ वर्षीय सौरभ थारूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको मुगुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम गइरहेको ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका दाजुभाइलाई उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा ज्यान गएको हो । 

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६