प्रदेश

करार चिकित्सकको फोहोर राजनीति



रुपन्देही २७ कार्तिक।बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका ७ जना मेडिकल अफिसर काम छाडेर हिड्दा उपचार सेवा प्रभावित भएको छ ।जोखिम भत्ता समयमा नपाएको भन्दै उनीहरु राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिएपछि उनीहरुको मागको विषयमा सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको थियो ।छलफलमा मन्त्री बरालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने  प्रतिबद्धता जनाएपछि चिकित्सकहरुले काममा फर्कन सहमति जनाएका थिए ।

    तर अहिले सम्म पनि कोरोना अस्पताल फर्केका छैनन् । बुटवलवासीले यसलाई करार चिकितसकको फोहोर राजनीती भनेका छन् । मेडिकल सेवा नहुँदा कन्सल्टेन्ट र नर्सिङ स्टाफहरुले मात्र हेरेका छन् । काम छाडेर हिड्दा आइसियुको उपचारमा समस्या भएको छ ।३ महिनादेखीको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले अस्पतालमा राजीनामा बुझाएका थिए । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट डा राजेन्द्र प्रसाद खनालले तिहार पछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि काम छोडेर हिँडेको बताए ।

    ‘दिने भनेर मन्त्रालयले निर्णय गरिसकेको छ । तिहारको लगत्तै उहाँले पाउनुहुन्छ’(उनले भने ‘त्यति भन्दा भन्दै छोड्नुहुन्छ भने हामीले के भनौं खै ?खनालले संबेदनशिल ठाउँ छोडेर हिँडेर चिकित्सकहरुले गैर जिम्मेवार चरित्र प्रदर्शन गरेको बताए ।‘एउटा सम्बेदनशिलता हुनुपथ्र्यो । बिरामीको अपरेसन गर्दा गर्दै छोडेर हिडे जस्तो भयो’ उनले भने ।

   खनालले उनीहरु नआएपनि अस्पतालको सेवा प्रभावित हुन नदिने वैकल्पिक व्यवस्था गर्ने बताए । काम छोडेका मध्ये एक जना मेडिकल अफिसरले लिखित प्रतिबद्धता माग गरेको र त्यो आउने बित्तिकै काममा फर्कने बताए । उनले अस्पताल प्रसासन र मन्त्रालयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएको बताए ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६