कपिलवस्तु २८ कार्तिक । सुन्दा पत्यार नलाग्ला तर कपिलवस्तु बाणगंगा ६ लक्ष्मणघाटका ९० बर्षिय होम सिंह थापा आफुले जीवनभर गाउदै आएका भजन आफ्नै स्वरमा रेकर्ड गर्न स्टुडियोमा पुगेर रेकर्ड गराउनु भएको छ । भजनलाई आफू मरेपनि अरुले सुन्न सकुन भनेर सबै माझ पु¥याउन कोभिड १९ को महामारी बीच स्टुडियोमा आएको वताउनु भयो । भजन रेकर्ड गर्ने मयूजिक स्टुडियोमा जान कोरोना त्रासका कारण संभव नभएपनि कपिलवस्तुमा रहेको सामुदायिक टेलिभिजनको स्टुडियोमा आएर रेकर्ड गराएको उहाले वताउनु भयो ।
बर्षौ देखीको गित रेकर्ड गर्ने सपना पूरा होला भने आशा पनि थिएन तर उहाँको बुढेशकालमा भजन गित गाउने सपना पूरा भएको छ । बुढेशकालमा लठ्ठी समाउदै अटो रिक्सामा हार्मोनियम,मादल अनि अरु बाजाका साथमा बाणगंगा ४ स्थित बुद्ध आवाज टेलिभिजनको स्टुडियोमा पुग्नु भएको हो । बिस्तारै बिस्तारै सिढी चढ्दै ९० बर्षिय थापा टेलिभिजनको स्टुडियोमा प्रबेश गर्नुभयो । आफै गाउँदै ,आफै बाजा बझाउदै त्यो बुढेशकालको हसिलो अनुहारमा केहि क्षण रमाएर भजन रेकर्ड गराउनु भयो । “बजाउ मूरारी बजाउ मूरारी नाचौ नाचौ लाग्यो मलाई बजाउ मूरारी” भन्दै एकछिन सबैलाई मन्त्रमुग्ध पार्नुभयो ।
बुद्धआवाजकर्मी संग कुराकानी गर्दै भन्नुभयो — म त हजुर घाम छाया हो आज बर्षौ देखीको भजन गित रेकर्ड गर्ने अन्तिम ईच्छा थियो बल्ल पूरा भयो । बिभिन्न ठाउका मन्दिरहरुमा भजन गाउथ्ये सबैलाई नचाउन्थ्ये । आज यो गित रेकर्ड भईसकेपछि मरेर गएपनि मेरो गित त मर्दैन नि भनेर यो सपना देखेको थिए आज पूरा भयो खुसीका आसु झार्दै आफूना कुरा सुनाउनुभयो । अहिलेसम्म पढनका लागि स्कुल समेत नगएका थापा आफ्ना सबै सिर्जनाहरु मतिष्कमै लेखेको बताउनुहुन्छ ।
माउण्टे एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक एवम गाउका समाजसेवी रबिलाल भट्राईको सहयोगमा यहा सम्म आउनुभएका थापाले भन्नुभयो मेरो लागि रविलाल बाबु भगवान हुनुहुन्छ जसले आज मलाई यहा सम्म ल्याउनुभयो । सञ्चारकर्मी संग मनोरञ्जनका साथ सुखदुख कुरा सुनाउदै थापाले दैनिक सुखमय बितोस भन्दै आफुनो कलाबाट दुख बिर्षाउने प्रयत्न गर्दै आएको बताउनुभयो ।
हार्मोनियम,मादल संगै गाउका स्थानिय डिल्लीराम कडेल र कृष्ण खत्रीको सहयोगमा उहाले आफ्नो गित स्टुडियोमा रेकर्ड गर्नुभयो । अहिले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउदै जान थालेकोले परम्परागत संस्कृति बचाउन पर्नेमा जोड दिदै आफू मूर्तिकार रहेको पनि बताउनुभयो । बिभिन्न मठमन्दिरमा आफूले बनाएका भगवनाका मूर्तिहरुको तस्बिरहरु देखाउनुभयो । उहा बिभिन्न धार्मिक कार्यहरुमा भजन कृतनका लागि जिल्लाका बिभिन्न ठाउहरु ,दाङ , प्युठान संगै आसपासका छिमेकी जिल्लाहरुमा पहिले समूह बनाएर जाने गरेको बताउनुभयो ।
गाउमा पूजापाठ ,बिभिन्न धार्मिक कार्यहरुमा उहाका एक समूहले भजन कृतन गाउदै आएको अर्का स्थानिय डिल्लीराम कडेलको भनाई छ । यता माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक रविलाल भट्राईले उहाले धेरै पहिलेदेखी नै गित रेकर्ड गर्न लैजान भनिएरहेको भन्दै आफूनो सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो । ब्यवस्थापक भटराई अनुसार घरको आर्थिक अवस्था कमजोर तर कलागला राम्रो भएको हुनाले आफुनो पहलमा यहासम्म उहालाई ल्याएको बताउनुभएको छ । उहा अहिले कान्छो छोरोको साथमा बस्दै आउनुभएको छ । उहाका श्रीमती ,३ छोरा र २ छोरी हुनुहन्छ ।
प्रतिक्रिया