बैतडी २८ कार्तिक । बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनामध्ये चार जनाको परिचय खुलेको छ ।पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका १५ वर्षका कीर्तिका कार्कीको परिचय खुलेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।अरु पाँच जनाको पहिचान हुन सकेको छैन । उनीहरुको शव जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।ना ५ ख ५१४१ नम्बरको बस गएराति खोड्पे बजार नजिक दुर्घटना भएको हो ।
२८ कार्तिक २०७७, शुक्रबार
प्रतिक्रिया