अर्थ-वाणिज्य

मन्त्री भुसालले सुनाए कृषि क्षेत्र टुहुरो हुनुको यस्तो कारण



रुपन्देही २८ कार्तिक । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ब्यक्ति छानेर अनुदान दिदा कृषि क्षेत्र सदा सदा टुहुरो हदै आएको वताउनु भएको छ । उहाले टुहुरोलाई अव हुकाई सकिएकाले त्यो परिपाटी नै अन्त्य गरी कृषि उपजका आधारमा अनुदान पाउने नीति लागु गरेर कृषिलाई बयस्क बनाउन लागेको दावि गर्नु भएको छ । लुम्बिनी विशिष्टकृत सहकारी संघको प्रारम्भिक साधारण सभामा बोल्दै मन्त्री भुसालले व्यक्ति छानेर अनुदान दिने परम्पराले कृषिमा उत्पादन नबढेको उल्लेख गर्दै आफू मन्त्री भएपछि व्यक्ति रोजेर अनुदान दिने परिपाटीको अन्त्य गरिएको बताउनु भयो ।

    उहाले कृषि अर्थतन्त्रको विकास सहकारीको जगमा मात्र सम्भव हुने बताउदै सहकारी अर्थतन्त्रको खम्वा भनेर हुदैन खम्वा बनेर देखाउने बेला आएको औल्याउनु भयो ।  आर्थिक समृद्विको मूल आधार कृषि भएकोले यसको विकासका लागि कृषि मन्त्रालयले बजेटको ठूलो हिस्सा स्थानीय तहमा पठाएको बताउदै विदेशीको भरपर्दा नेपालको कृषि क्षेत्र फस्टाउन नसकेको दावी गर्नु भयो ।

    कृषि कार्यमा लाग्ने जोकोहीले पनि समान रुपमा पाउने गरी बिउबिजन, मल, कृषि औजार, विद्युत्, बीमामा अनुदानको व्यवस्था गरिएको छ अव ब्यक्ती रोजेर अनुदान दिने काम बन्द भयो उहाले भन्नु भयो । आफूले टुहुरो बच्चा जस्तो भएको कृषि क्षेत्रलाई अभिभावकत्व दिने काम गरिरहेको बताउँदै ५ वर्षभित्र सबै कृषिउपज उत्पादनमा न्यूनतम बचतको सुनिश्चितता हुने बिश्वास ब्यक्त गर्नु भयो । किसानलाई बचाउन राज्यको यथेष्ट संरक्षण चाहिने बताउँदै मन्त्री भुसालले आफू यो विषयमा प्रयत्नशील रहेको जानकारी दिनु भयो । 

      कार्यक्रममा लुम्बिनी प्रदेशकी भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानलाई सहकारीको माध्यमबाट विनाब्याज ऋण दिने गरी प्रदेश सरकारले सहकारी कोषको व्यवस्था गरेको जानकारी दिनु भयो ।  लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले अर्थ व्यवस्थाको जग कृषि भएकोले कृषिलाई नाफाको व्यवसाय गराउनुको विकल्प नभएको तर्क गर्नु भयो ।  तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामूदायिक परियोजनामा तिनै तहका सरकारको सहभागिता हुनुपर्ने उल्लेख गर्दै लुम्बिनी विशिष्टिकृत सहकारी संघलाई नमुना बनाउने गरी तिलोत्तमा नगरले सहकार्य गर्ने प्रतिवद्वता जनाउनु भयो ।

    कार्यक्रममा राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य भिमप्रसाद तुलाचन, प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, बचत तथा ऋण सहकारी संघका महासचिव दामोदर अधिकारी लगायतले कृषि क्षेत्रको विकासमा सहकारीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भएको थियो  । कार्यक्रम संघका अध्यक्ष डा खगराज शर्माको अध्यक्षता, ज्ञानु पौडेलको स्वागत र जयकिसन अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रारम्भिक साधारण सभाले लुम्बिनी विशिष्टिकृत सहकारी संघमा पुनः डा खगराज अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६