अर्थ-वाणिज्य

नेपाल मामिलामा छिमेकी भारतको भन्दा अमेरीकाको मन ३ गुणा भन्दा ठूलो



काठमाण्डौ २८ कार्तिक । भनिन्छ छरछिमेक जतिकाम लाग्छ वाहिरी त्यति काममा आउदैनन् । तर विपत्तिका बेला छिमेकीले कस्तो ब्यवहार गरे र वाहिरीेले कस्तो गरे त्यहिवाट थाहा हुन्छ असल मित्रता कता छ भनेर । नेपाल मामिलामा  छिमेकी भारतको भन्दा अमेरीकाको मन ३ गुणा भन्दा ठूलो  रहेको तथ्य पुष्टि भएको छ । प्रसंग होभारतले २८ थान भेण्टीलेर सहयोग स्वरुप उपलब्ध गराएको ३ दिन भित्रै अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सहयोग गराउनु।

    मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको हो ।नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नु भयो ।भेन्टिलेन्टर हस्तान्तरण समारोहमा बोल्दै मन्त्री ढकालले कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद दिनु भयो ।

    नेपालमा अहिले सन्चालनमा आई रहेका भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ’ मन्त्री ढकालले भन्नु भयो ।मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताउनु भयो ।

    उहाका अनुसार सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर अन्य सरकारी अस्पतालमा दुई दुई वटाको दरले वितरण गरिने छ  । मन्त्री ढकालले कोरोना विरूद्धको लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने भन्दै उहाँले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गर्नु भयो ।

    सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको स्पष्ट पार्नु भयो । असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति प्रतिवद्ध छ राजदुत बेरीले भन्नु भयो  । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छौँ जसले गर्दा कोभिड १९ बाट अति प्रभावित आफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ’ उहाले  स्पष्ट पार्नु भयो । 

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६