प्रदेश

प्रचण्डको प्रस्तावलाई एकल प्रस्ताव भन्दै फिर्ता लिन किन भने पोखरेलले ?



रुपन्देही २९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेको बताएका छन्।शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै पोखरेलले प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको लेखेका छन्।उनले प्रचण्डलाई एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन अनुरोध गरेका छन्।

    म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछुु, पोस्टमा पोखरेलले लेखेका छन्।शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले बहुमतको निर्णय नमानेको आरोप लगाएका छन्।

पार्टी सचिवालय बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सोच कम्युनिस्ट पार्टीको सिद्धान्त र मान्यता विपरित रहेको समेत उल्लेख गरेका थिए।यस्तै प्रम तथा पार्टी अध्यक्ष ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको पत्रमा उनको कार्यकारी भूमिकामाथि प्रश्न उठाएका छन्।प्रधानमन्त्री ओलीले प्रचण्डलाई लेखेको पत्रमा आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो भनेर समेत सोधेका थिए।

    प्रचण्डलाई सम्बोधन गरिएको पत्र सचिवालयका अन्य सदस्यहरुलाई समेत बोधार्थ पठाइएको छ कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयोरु पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम कहाँ पुग्योरु त्यसको रोडम्याप के कस्तो बन्यो? प्रधानमन्त्री ओलीले पत्रमा दाहाललाई प्रश्न गरेका छन्।ुमहाधिवेशनको तयारीका लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्ने के के गृहकार्य गर्नुभयो? र त्यसमा मसँग यहाले के सहयोग माग्नुभयो? या मैले कही बाधा अवरोध पो पुर्‍याएँ कि ? उनले थप सोधेका छन्।

उनले विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा यसैगरी बाँध्ने र घेराबन्दी गरिएको आरोप लगाउँदै आफूलाई बैठकबाट भाग्न खोजेको भनेर गलत आरोप लगाइएको उनको पत्रमा छ।यस्तै हिजो नै बसेको नेकपा सचिवालयका प्रचण्ड(नेपाल पक्षधरहरूको बैठकले ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुलाई कार्यकारी अध्यक्ष स्विकार्न नखोजेको आरोप लगाएका छन्।

प्रकाशित : २९ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६