अर्थ-वाणिज्य

डेढलाख बढी मुल्यका पटाका प्रहरीद्धारा बरामद, सशस्त्र पनि पटाका बिरुद्धकै अभियानमा



कपिलवस्तु २९ कार्तिक ।कपिलवस्तुका बिभिन्न नाकामा तिहारलाई लक्षित गरी भित्राइएका ढेड लाख बढी मुल्यका पटाका बरामद गरिएको छ । सिमा क्षेत्रमा रहेका प्रहरी युनिटले चेकजाच काक्रममा सो पटाका बरामद गरेको हो ।  लुकिछिपी बिभिन्न नाकाबाट भित्राइएका पटाका बरामद गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनु भयो  । 


   ६७ हजारको झिरझिरे, ३० हजारको भुईचम्पा, आतिजबाजी ३१ हजार आलु बम २१ हजार गरी कुल ढेड लाख बबढी मुल्यका पटाका बरामद गरिएको थियो । बरामद पटाकालाई तौलिहवा स्थित जिल्ला प्रहरी कार्यालयको परिसरमा पत्रकार सम्मलेन पछि गाडेर नष्ट गरिएको थियो । बढी नाफा पाउने भएकाले ब्यापारीहरुले बिशेष गरी तिहारको समयमा चोर नाकाबाट पटाका भित्राउनने गरेका छन । 

  यसै बिच कपिलवस्तुको महाराजगंज नगरपालिकाको हर्दौना बिओपी पोस्टले २० हजार मुल्यको पटाका बरामद गरेको छ । बरामद गरेको पटाका पत्रकारहरुको राहोबरमा गाडेर नष्ट गरिएको बिओपीको प्रहरी निरीक्षक अशोक अधिकारीले बताउनु भयो ।  

प्रकाशित : २९ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६