अर्थ-वाणिज्य

जनकपुरमा ५८ बोतल एसिडसहित एक व्यापारी समातिए



धनुषा : जनकपुरधाममा एसिड बिक्रीवितरण
गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयका
अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ
गरेको हो।

शनिबार जनकपुरमा भएको एसिड प्रहार
घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी
नागेन्द्र साहलाई पक्राउ गरेको छ। शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार
गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना
लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि
पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रकाशित : ३० कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६