ब्रेकिंग न्युज

पढाइ छाडेका वालिकालाई विद्यालय ल्याउन साइकल उपहार



कपिलवस्तु कार्तिक ३०
कपिलवस्तुका
दक्षिणी भेगका बालिकाको शिक्षाको बिच मै पढाइ छाड्न प्रमुख समस्या हुँदै
आएको छ । उमेर बढ्दै जाँदा होस की , विद्यालय टाढा भएर होस या बाल विवाह
भएर । कपिलवस्तुमा दक्षिणी भेगका धेरै बालिकाको पढाई बिच मै छाड्नु परेको छ
। जसले गर्दा उनीहरूको शिक्षा नै प्रभावित बनेको छ । घरको काममा बालिका
प्रयोग हुँदा समेत बालिकाहरू प्राथमिक कक्षाबाट विद्यालय छाड्न बाध्य भएका
छन् ।
कपिलवस्तुको महाराजगन्ज ११ बनगाईका सुशीला पाशी कक्षा ५ पढ्दै
गर्दा पढाइ छाड्नु पर्‍यो । उनका आमा बुवा स्थानीय इँटा भट्टाका काम गर्दे
आएका थिए । अहिले उनी १३ वर्ष पुगेकी छिन । शिक्षकको गाली खाएर पढाइ छाडेकी
पाशी २ वर्ष पछि विद्यालय जाने तयारी गरेकी छिन् । विद्यालय जान साइकल पाए
पछि दङ्ग हुँदै भनिन् , ‘ अव साइकल चढेर सधैँ विद्यालय जान्छु । ’
बालिका
कक्षा छाड्ने कम गराउनका लागी कपिलवस्तुका ३ स्थानीय सरकारले सिद्धार्थ
सामाजिक विकास केन्द्र सँग सहकार्य गरी साइकल उपहार दिएका छन् । महाराजगन्ज
नगरपालिका, कृष्णनगर नगरपालिका, विजयनगर गाउँपालिकाले पढाइ छाडेका ४८५
बालिकालाई विद्यालयमा ल्याउनका लागी साइकल वितरण गरेका छन् ।
तिन
स्थानीय तह र संस्थाको संयुक्त लगानीमा साइकल उपहार गरिएको छ । महाराजगन्ज
नगरपालिकामा १६९ जना, कृष्णनगर नगरपालिकाका १५६ जना र विजयनगर गाउँपालिकाका
१५६ जना बालिकाले साइकल प्राप्त गरेका छन् । साइकल पाए पछि खुसी हुँदै
महाराजगन्ज ११ बनगाइ कि गौरी चम्कटीया भन्छिन्, ‘ म कक्षा १ पढे पछि पढाइ
छाड्नु पर्‍यो , मेरो बुवा बजारमा गई जुत्ता सिलाउने काम गर्नु हुन्छ ।
घरबाट विद्यालय टाढा भयो । आमाले विद्यालय जान रोक्नु भयो । म पढ्न नपाउँदा
धेरै दुखी थिए । अव उडान कक्षा ( विद्यालय बाहिर रहेका बाल बालिकाका लागी
वैकल्पिक कक्षा ) मा ६ महिना पढ्न पाए । कोरोनाले गर्दा केही समय पढ्न पाएन
। तर अव विद्यालयमा भर्ना हुने छु । ’ अहिले १२ वर्षमा पुगेकी उनी कक्षा २
मा पढ्न जाने तयारी गरेकी छिन् ।
महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल
कलामले बालिकालाई साइकल हस्तान्तरण गर्दै कम्तीमा पनि १२ कक्षा सम्म पढ्नका
लागी उत्प्रेरणा दिए । नगरका कुनै पनि बालिका शिक्षाबाट वञ्चित नगराउनको
लागी बालिकालाई साइकल उपहार दिएको मेयर कलामले बताउनु भयो । सिद्धार्थ
सामाजिक विकास केन्द्रका सचिव रोमकान्त घिमिरेले पढाइ छाडेका र विद्यालय
नगएका वाल वालिकालाई नजिकको विद्यालयमा भर्ना गर्न संस्थाले प्रोत्साहन
गरेको बताए । साइकल वितरणका लागी केयर नेपालको सहयोग रहेको थियो ।
कपिलवस्तुमा अहिले सिकाइ सहजीकरण केन्द्र मार्फत पढाई सुरु भएको छ ।

प्रकाशित : ३० कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६