अर्थ-वाणिज्य

तिहारमा चिल्लो र गुलियो धेरै खादा कसरी स्वस्थ्य रहने ?



 कपिलवस्तु १ मंसिर   दशैंमा जस्तै तिहारमा पनि चिल्ला खानेकुराको प्रचलन वढि हुन्छ । त्यसमाथि गुलिया खानेकुरा पनि तिहारमा थपिन्छन् । त्यसैले दशैंमा भन्दा अझ बढी तिहारको खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ । भोक मेटाउन मात्रै होइन, तिहारमा दिदीबहिनीले आपसी सद्भाव बढाउने उद्देश्यले दाजुभाइका लागि बढी नै खानेकुरा तयार गर्ने गर्दछन् । तिहारमा विशेष गरि सेल, अनरसा, मिठाई, मसला र फलफूल जस्ता खानेकुराको धेरै नै प्रयोग हुने गरेको छ । तिहारमा सबैभन्दा बढी मिठाईको प्रयोग हुन्छ । मिठाईमा चिनीको मात्रा धेरै हुन्छ । डाक्टरका अनुसार बढी मात्रामा चिनीका परिकार र चिल्लो खनाले मानिसमा मोटोपनको समस्या देखिने र अन्य रोगहरु देखिने हुदास्वास्थ्यको ख्याल गरेर खान आग्रह गर्नु भएको छ । 

     तिहारमा रोटी र अरु परिकार बनाउन प्रयोग हुने तेल र घिउ जस्ता चिल्लो खानेकुराले पनि मोटोपन, मुटु तथा धमनीका रोगहरु, उच्च रक्तचाप र मधुमेह निम्त्याउन सक्ने हुँदा विशेष ख्याल गर्न उहाँले सवैमा आग्रह गर्नु भएको छ । पिरो तथा मसलेदार खानेकुरा पनि स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नहुने उहाँले वताउनु भयो । डक्टरका अनुसार चिल्लो, गुलियो, पिरो र मसलेदार खानेकुरा खादा निकै ख्याल पुर्याउनुपर्छ । बजारमा तयार भएको मिठाई र अरु परिकार भन्दा सकेसम्म घरमै तयार पार्नुपर्ने उनीहरुको सुझाव छ । यसरी तयार गर्दा चिल्लो, पिरो र मसला कम प्रयोग गर्नुपर्छ । अनावश्यक रंग र रसायन प्रयोग गर्नुहुन्न । बजारबाट किनेर ल्याउदा पनि ध्यान दिनु पर्ने चिकित्सकको सल्लाह रहेको छ । 

प्रकाशित : १ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६