पर्यटन

जुवातास खेले हिरासत , देउसी भैलोलाई क्वारेण्टाइन



कपिलवस्तु १  मंसिर  कपिलवस्तुमा यसपाली जुवातास खेल्नेहरुले जिल्ला र इलाका तहका प्रहरी हिरासत प्याक भैसकेका छन् । अव फेला पर्नेलाई प्रहरी परिसरमा टेण्ट लगाएर राख्ने तयारी गरिएको छ ।यस्तै प्रशासनको निर्देशन अवज्ञा गरी देउसी भैलो खेलेको पाइएमा विगतमा क्वारेण्टाइन वनाएका स्थानमा लगेर २४ घण्टा राख्ने तयारी कपिलवस्तुमा भएको सुरक्षा श्रोतको भनाईछ । प्रहरी उपरिक्षक नवराज अधिकारीले भन्नु भयो मातहत प्रहरीलाई निर्देशीत र परिचालित गरेर जुवातास खेल्न , पटक पटकाउन र देउसीभैलो खेल्न भने कडा रुपमा रोक लगाइएकोछ । यस्तै 

   कपिलवस्तु जिल्लामा तिहारको अवसरमा हुन सक्ने आपराधिक गतिविधि न्युनिकरण गर्नको लागि जिल्लाको शान्ति सुरक्षा कडा पारीएको छ । कपिलवस्तुको चार नं, तौलीहवा, गोरुसिङ, चन्द्रौटा लगायतको क्षेत्रको चोक चोकमा सुरक्षाकर्मी परिचालन गरि सुरक्षा व्यस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । चाडपर्वका वेलामा हुन सक्ने घटनाहरुलाई मध्यनजर गर्दै सरक्षा व्यवस्था कडा पारिएको हो । जिल्ला प्रहरी कार्यलयले दिएको जानकारी अनुसार जिल्लाको शान्तिसुरक्षा र चाडवाडका बखत अप्रिय घटना नघटोस भन्नाका लागी सुरक्षा अपनाइएको प्रहरी उपरिक्षक नवराज अधिकारीले वताउनु भयो ।

    प्रहरीले यस अघि पनि डेढ लाख मुल्य वरावरका तिहार लक्षती गरि भित्राईएका पटका वरामद गरि नष्ट गरेको छ । आपराधिक गतिविधि नियन्त्रण गर्न आन्तरिक सुरक्षाको स्थिती थप सुदृढ बनाइएको प्रहरीको भनाई छ । प्रहरीले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरिएको छ भने राजमार्गमा नियमित गस्ती कायम राखिएको जनाएको छ । दिपावलीको अवसर पारेर सिमावर्तीक्षेत्रवाट भुईचम्पा, पटका लगायत बिष्पोटक पदार्थ लगातका सामानहरु भित्रन संक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्थालाई कडा पारेको जनाएको हो ।

    अवैध कार्यमा संलग्न व्याक्तिहरुको निगरानी, पक्राउ तथा नियन्त्रणका लागी अहिले सुरक्षा व्यवस्थालाई सिमावर्ती क्षेत्रमा कडा वनाईएको उपरिक्षक अधिकारीले  वताउनु भयो । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले चाडवाडको समयमा बडदो जुवातास, कालोबजारी, गुणस्तरहीन खाद्यपदार्थ र मिसावट नियन्त्रणको लागी समेत सक्रियता देखाएको छ । 

प्रकाशित : १ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६