जीवनशैली

नेता खड्काको निधन प्रति ओलीद्वारा दुःख प्रकट



गुल्मी २ मंसिर ।  नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष एवम हाल प्रदेश सचिवालयका सदस्य बोमवहादुर खडकाको निधनप्रति  प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ ।उहाले आज विज्ञप्ति जारी गर्दै खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताउनु भएको हो  ।ओलीले  खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत व्यक्त गर्नु भएको छ ।

    “गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छ्रैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला ।” नेता खड्काले लुम्बिनी भित्र विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनु भएको छ । “सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्”, शोक सन्देशमा भनिएको छ ।

    प्रधानमन्त्री ओलीले नेता खड्काका योगदान चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने पनि उल्लेख गर्नु भएको छ । यता गएराती रिंगटा लागेपछि अस्पताल पुराउनदा मृत्यू भएका खड्काको आज गुल्मीको रीडिमा दाह सस्कार गरिएको नेकपाका प्रदेश कमिटी सदस्य बलराम अधिकारीले जानकारी दिनु भयो । उहालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न केन्द्रिय र प्रदेश नेताहरु रिडी पुग्नु भएको थियो । 

    घरमा सुती रहेका खड्कालाई गएराती राति १ बजेतिर अचानक रिंगटा लागेपछि उपचारको लागि तम्घास अस्पतालमा ल्याउदैँ गर्दा २ बजे उहाको निधन भएको हो ।२०२३ साल असारमा धुर्कोट गाउँपालिका १ नयाँगाउँमा जन्मेका खड्का सानैदेखि राजनीतिमा सक्रिय हुनु हुन्थ्यो  । गुल्मीको बिद्यार्थी राजनितीबाट उदाएका खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुग्नु भएको थियो  ।

    ०३८सालभन्दा अगाडी देखिनै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका खड्का  ०४१ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य हुदै  ०४९ सालमा मालेकै जिल्ला कमिटी उपसचिव हुनु भयो  । त्यसपछि नेकपा एमाले भइसकेपछि संगठन विभाग प्रमुख हुँदै एमालेकै जिल्ला अध्यक्ष हुनु भएको थियो । नेता खड्काका श्रीमती दिलसोभा पुनसंगै एक छोरा र एक छोरी छन् ।

प्रकाशित : २ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६