काठमाडौं ३ मंसिर ।देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ५६ सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन । मन्त्रालयको तथ्यांक अनुसार ३८ जना भेन्टिलेटरमा र ३ सय १८ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०३ जना आइसियू र २२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसियू र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसियू र ७ जना भेन्टिलेटरमा र प्रदेश २ मा १६ आइसियू र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै सुदुरपश्चिममा ५ आइसियूमा र १ जना भेन्टिलेटरमा , गण्डकी प्रदेशमा ७८ आइसियू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियू उपचाररत रहेका छन । यता देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ ।
संक्रमितमध्ये २८ हजार २ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ । यो तथ्यांक अनुसार ९१ प्रतिशतभन्दा बढी कोरोनाका सक्रिय संक्रमित घरमा नै रहेको देखिएको हो । तर होम आइसोलेसनमा बसेकाहरूको उपचार तथा हेरचाहमा भने सरकारले चासो देखाएको पाइएको छैन ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ३५ जना होम आइसोलेसनमा छन । त्यस्तै प्रदेश १ मा ३ हजार ४ सय २, प्रदेश २ मा ६८४, लुम्बिनी प्रदेशमा २२०३, सुदूरपश्चिम प्रदेशमा १००५, गण्डकी प्रदेशमा १९६५ र कर्णाली प्रदेशमा २१३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया