ब्रेकिंग न्युज

भारतमा ५० जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ



काठमाण्डौ ३ मंसिर । भारतमा ५० जना बालबालिकालाई यौन उत्पीडन गरेको आरोपमा इञ्जिनियर पक्राउ परेका छन् ।भारत उत्तरप्रदेशमा सिँचाइ विभागका एक जना जुनियर इञ्जिनियरलाई झण्डै ५० जना बालबालिकाको भिडियो र तस्बिर बेचेको आरोपमा पक्राउ गरिएको समाचार एजेसी पीटीआईले जनाएको छ  ।केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईले बालबालिकाको अनलाइन उत्पीडनबारे निगरानी राख्नका लागि बनाएको स्पेहल पूनिटमार्फत् कयौँ दिनसम्म निगरानी गरेर त्यसपछि पक्राउ गरिएको खबरमा उल्लेख छ ।

सीबीआईका अधिकारीका अनुसार जूनियर इञ्जिनियरले गएको १० वर्षको अन्तरमा ५ देखि १६ वर्षका ५० जना बालबालिकाको विभिन्न तरिकाले यौन उत्पीडन गरेको पाइएको छ । यी बालबालिका उत्तर प्रदेशको चित्रकूट, बांदा र हमीरपुर जिल्लाका रहेका छन्  । कतिपय बालबालिकालाई घटनाबारे कसैलाई पनि नभन्न भन्दै केही नगद र मोबाइल फोन समेत दिएको पाइएको छ ।पक्राउ परेका इञ्जिनियर चित्रकूट जिल्लाका हुन् । उनको साथबाट आठ लाख रुपैयाँ नगद, मोबाइल फोन, ल्यापटप, वेब क्यामेरा, पेन ड्राइभ, मेमोरीकार्ड लगायतका सामान बरामद गरिएको खबरमा जनाइएको छ 

प्रकाशित : ३ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६