खेलकुद

पीएसएल टी २० क्रिकेटको उपाधि कराची किंग्सले जित्यो



काठमाडौं ३ मंसिर  । कराची किंग्सले पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै कराचीले पाँचौ संकरणको उपाधि जितेको हो ।बाबर अजामले कप्तानी इनिङस खेल्दै अर्धशतक प्रहार गरेपछि कराचीले १३५ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । अजामले ४९ बल खेल्दै ७ चौका मद्दतमा अविजित ६३ रन बनाए । विकेटकिपर चाडविक वाल्टनले २२ रन जोडे । लाहोरका लागि हरिस राउफ र दिलबर हुसेनले २-२ विकेट लिए ।

त्यसअघि नेशनल स्टेडियम कराचीमा टस जितेर पहिले ब्याटिङ गरेको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । लाहोरका लागि ओपनर तमिम इकवालले सर्वाधिक ३५ र फकर जमानले २७ रन बनाए । अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । कराचीका वाकास मक्सुद, अर्शद इक्वाल र उमाइद आसिफले २-२ विकेट लिए ।कराचीलाई च्याम्पियन बनाउन कप्तानी इनिङ्स खेलेका अजाम खेलको म्यान अफ दि म्याच भए । साथै उनी म्यान अफ दि टुर्नामेन्ट पनि घोषित भए ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६