पर्यटन

पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किदैँ : उड्डयनमन्त्री भट्टराई



काठमाण्डौ ३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको बताउनु भएको छ ।आज अमादब्लम हिमालको आधार शिविरमा पुगेर सामूहिक तस्बिर खिचाउँदै उहाँले पर्यटन क्षेत्रमा उत्साह थपिँदै गएको बताउनु भएको हो । उहाँले आधार शिविरमा आमादब्लम हिमाल आरोहणमा पुगेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाली र विदेशी सदस्य पनि भेट्नु भएको छ ।

पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,ुबेलायती नागरिक क्यान्टनसहित आरोहण दलका नेपाली तथा विदेशी सदस्यहरुसँग अमादब्लम हिमालको आरोहणका क्रममा आधार शिविरमा भेट हुँदा खुशी लाग्यो । कोभिड-१९ का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कन थालेको छ । सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढौँ ।

यसअघि १४ पटक  सगरमाथाको आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दल आमादब्लम हिमाल आरोहणका लागि आधार शिविर पुगेका हुन् । कोरोना भाइरसको सङ्क्रमणकाबीच अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ ।पर्वतारोहण विषयमा जानकार नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाका  अनुसार अमादब्लम आरोहणमा विदेशीको आकर्षण बढ्दो छ । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६