शिक्षा

स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन हुने



काठमाडौँ  ४ कार्तिक । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ ।मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् । 

प्रकाशित : ४ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६