प्रदेश

नेपालकालागि अबका ४ महिना सबै भन्दा चुनौतीपूर्ण



काठमाडौं ५ कार्तिक ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको चार महिनामा १ लाख ४८ हजारदेखि ३ लाख जनासम्म कोरोना संक्रमित थपिन सक्ने अनुमान गरेको छ । मन्त्रालयको हेल्थ सेक्टर ¥यापिड एक्सन प्लान २ मा कात्तिकदेखि माघ महिनासम्म सामान्य अवस्था रहे थप १ लाख ४८ हजारसम्म र खराब अवस्था आएमा ३ लाखसम्म संक्रमित थपिने प्रक्षेपण गरेको मन्त्रालयका एक अधिकारीले बताए। चिसो मौसम शुरू भएसँगै संक्रमण बढ्ने अनुमान गर्दै मन्त्रालयले संक्रमण नियन्त्रण निम्ति नयाँ कार्ययोजना पनि बनाएको छ । यी चार महिना नेपालकालागि सबैभन्दा चुनौतीका हुने भएका छन् । 

    यसअघि पनि मन्त्रालयले असारदेखि असोजसम्म अवस्था खराब हुँदा १ लाख ८० हजारसम्म संक्रमित हुने प्रक्षेपण गरेको थियो। तर सो अवधिमा संक्रमणका मामिला प्रक्षेपण गरिएभन्दा केही कम भएको थियो। उपत्यका बाहिर शुरूमा कोरोना फैलिएको ठाउँमा संक्रमण नियन्त्रणमा आउनु यसको प्रमुख कारण रहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन । तर, अहिले भने काठमाडौं उपत्यका जस्तो मानिसको बाक्लो बसोबास भएको क्षेत्रमा कोरोना समुदायस्तरमा नै फैलिएको हुँदा संक्रमण बढी देखिनसक्ने अनुमान गरी सोहीअनुसार मन्त्रालयले कार्ययोजना बनाएको बताइएको छ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६