बुटवल ५ मंसिर। दुर्लभ संरक्षित वन्यजन्तु बाघको छाला किनबेच हुदाहुदै चारजनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रवार विहान साढे १० बजेतिर उनिहरुलाई बाघको छालासहित पक्राउ गरिएको हो ।पक्राउ पर्नेहरुमा बुटवल ७ को ३० वर्षिय विष्णु प्रसाद भट्टराई, गुल्मीको दरबार गाउंपालिका वडा नं ४ को २२ वर्षिय बिमल मगर, २४ वर्षिय संजिव पेमी र १८ वर्षिय विशाल रानामगर रहेको प्रहरीले जनाएको छ।
उनिहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र एक फिट ३ ईन्च चौडाईको एकथान बाघको छाला बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक नविन चुंदालीले जानकारी दिए ।पक्राउ परेकाहरुमाथी थप अनुसन्धान शुरु गरिएको प्रहरी निरिक्षक चुंदालीले जानकारी दिए ।
प्रतिक्रिया