दाङ ६ मंसिर। त्रिभुवन विश्वविद्यालयले आठ महिनादेखि रोकिएका परीक्षा अब सञ्चालन गर्ने भएको छ । कोरोना संकटकैबीच स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा नियन्त्रण कार्यालय तथा डिन कार्यालयले परीक्षा सञ्चालन गर्न लागेका हुन् । कोरोना संक्रमण भएका, तर केन्द्रमा पुगेर परीक्षा दिन सक्ने अवस्थाका परीक्षार्थीलाई अलग्गै राखेर परीक्षा दिने व्यवस्था मिलाइएको छ । यस्तै, केन्द्रमा पुग्न नसक्ने परीक्षार्थीलाई प्रमाणका आधारमा पछि परीक्षा लिने व्यवस्था पनि गरिएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले मंसिर २८ गतेदेखि स्नातक तहको विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकाय चौथो वर्षका परीक्षा सञ्चालन गर्दैछ । ती सबै वार्षिक प्रणालीका परीक्षा हुन् ।कोरोना पजिटिभ भए पनि परीक्षा दिन सक्नेहरूका लागि अरूभन्दा १५ मिनेटपछि केन्द्रमा प्रवेश गराई छुट्टै कोठामा राखेर परीक्षा लिइने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
प्रतिक्रिया