जीवनशैली

गरीविको दर्दनाक पीडा :१८ बर्षदेखी ओछ्यान मै थला



कपिलवस्तु ७ मंसीर गरिविका कारण समयमै उपचार नपाउँदा कपिलवस्तुका एक युवक विगत १८ बर्षदेखी ओछ्यानमै थला परेका छन् । जिल्लाको बुद्धभुमी नगरपालीका ५ राजपुरका २५ बर्षिय युवक कमल थापा गरिविका कारण समयमै उपचार नपाउँदा विगत १८ बर्षदेखी ओछ्यान मै थला परेका हुन् । बुटवल र भारतका विभिन्न ठाउँमा शुरुका दिनमा उपचार गर्दा सम्पुर्ण सम्पती सकिएको मात्र छोइन गत कार्तिक ११ गते उनका बुबा भुपेन्द्र बहादुर थापाको निधनसँगै यस परिवारमा विचल्ली भएको छ ।

    सानै उमेरमा मस्तीस्क ज्वरोबाट बाट ग्रस्शीत कमलको पछिल्लो समय रकम अभावले उपचार हुन नसकको स्थानीय जनप्रतिनिधी सरस्वती कुँवर बताउनुहुन्छ । तीन तहका सरकारको अलावा कपिलवस्तु जिल्लामा गरिवि र विपन्न समुदायको जिवनस्तर उचाल्ने नाममा दर्जन बढि गैंर सरकारी संस्था भएपनि यी पिडित परिवार प्रति कसैको ध्यान पुगेको छैन । जसले गर्दा पहुँचवाला बाहेक गरिव विपन्नले उपचार अभावमा जिवनमरणको संघर्ष गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् । तस्बीर :सांकेतिक

प्रकाशित : ७ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६