कपिलवस्तु ७ मंसिर ।मुलुक अत्यन्तै कठीन परिस्थितिबाट गुज्रीरहेका बेला आफना पार्टीका केन्द्रिय नेताहरुले कुनै ठोस कदम चाल्न नसकेको भन्दै राप्रपा संयुक्तका जिल्ला अध्यक्ष राम आषिष पाण्डेय सहीत ५४ जना कांग्रेसमा प्रबेश गरेका छन । देशमा निकास र लोकतन्त्रको रक्षाकालागि भन्दै राप्रपा संयुक्तको जिल्ला कार्य समितिका पदाधिकारी र सदस्य सहीत ५४ जना नै पार्टी परित्याग गरी कांग्रेसमा प्रबेश गरेका हुन ।
नेपाली कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित पार्टीका कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रममा राप्रापा संयुक्त परित्याग गरी प्रबेश गरेका ५४ जनालाई नै पार्टीका केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल, कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य तथा सांसद अभिषेक प्रताप शाह, राजशे सिंह, पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्य लगायतले उनीहरुलाई खादा ओढाई अबिर लगाएर पार्टी प्रबेश गराएका थिए । कार्यक्रममा नै उनीहरुलाई पार्टीको साधारण सदयस्ता समेत प्रदान गरिएको थियो । रापपा संयुक्तका पार्टी उपाध्यक्ष साजिद अली, सचवि तारा प्रसाद मिश्रा, सह सचिव राधेश्याम यादव, कोषाध्यक्ष काशिराम यादव, प्रबक्ता अर्थ बहादर बिष्ट लगायतले कांग्रेस प्रबेश गरेका थिए ।
सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अतहर कमालले कांग्रेसमा प्रबेश गरे पछि पार्टी झन सशक्तरुपम अघि बढने बताए । उनले अब लोकतन्त्रको रक्षा र जनताको सवालमा सबै मिलेर सशक्तरुमा अघि बढनु पर्ने बताए । कांग्रेस केन्द्रिय आमन्त्रित सदस्य अभिषेक प्रताप शाहले राप्रपा संयुक्तका साथीहरुले कांग्रेसमा प्रबेश गरेर ठीक निर्णय लिएको बताए । पार्टी सभापति सरेन्द्र आचार्यको अध्क्षता, बिरेन्द्र मिश्राको संचालनमा भएको कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य सुधाकर पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।
प्रतिक्रिया