अन्तर्राष्ट्रिय

शिवराजका क्यान्सर पीडित बालकलाई नर्वेबाट मनोज सहयोग हस्तान्तरण



कपिलवस्तु ८ मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर घर भई कान्तिबाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेका बालक सार्थक खनाललाई नर्वेबाट आर्थिक सहयोग जुटेको छ । कपिलवस्तु घर भई बिगत १० बर्षदेखि नर्वेमा बस्दै आएका युवा ब्यवसायी मनोज अधिकारीले आफु र आफना साथीहरुको सहयोगमा बालकको स्वास्थ्य उपचारमा एक लाख १० हजार रुपैया सहयोग रकम पठाउनु भएको हो  ।

    मनोज अधिकारी कपिलवस्तुका संविधान सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नेता बलराम अधिकारीका छोरा समेत हुनुहुन्छ । अधिकारी नर्वेमा बसेर नेकपाको प्रवासी नेपाली सङ्गठत र अन्य सामाजिक संघसंस्था मार्फत सामाजिक काममा क्रियाशील रहदै आउनु भएको छ । उहाले जिल्ला वासीको नाताले बालकको उपचारका लागि थप सहयोगका लागि विभिन्न व्यक्तिहरुसंग समन्वय गरिरहेको प्रेसपाटीलाई जानकारी दिनु भयो । अधिकारीले पठाएको १ लाख १० हजार सहयोग रकम युवा उधमी एवम संचारकर्मी विशाल गैरेले आईतवार अस्पताल परिसरमै गएर बालकका बुवा होमेश्वर खनाललाई हस्तान्तरण गर्नु भएको हो  । 

    बुवा होमेश्वर खनालका अनुसार हालसम्म उपाचारबापत १२ लाख खर्च भईसकेको र अझै १२ देखि १५ लाख रुपैया थप खर्च लाग्ने डाक्टरहरुले बताएको जानकारी गराउनु भयो  । मध्यम वर्गीय परिवारका खनालले बिभिन्न देशमा छरिएर रहेका कपिलवस्तु र अन्य जिल्लाका नेपालीहरुकोे सहयोगको हात अघि बढाएको बताउनु भयो । ब्लडक्यान्सरको उपचारकै क्रममा इन्फेक्सन भएर एउटा आँखासमेत कमजोर भएको र स्वास्थ्य उपचारमा आर्थिक संकट भइरहेकाले बिभिन्न देशमा भएका नेपाली नागरिक र सरकारबाट सहयोग प्राप्त भए उपचारमा सजिलो हुने उहाको भनाइ छ 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६