अर्थ-वाणिज्य

कपिलवस्तुका सबै क्रेसर र प्रशोधन उद्योग मापदण्ड बिपरीत



 कपिलवस्तु ८ मंसिर ।कपिलवस्तुका सबै क्रेसर उद्योग र बालुवा प्रशोधन उद्योग सरकारले तोकेको मापदण्ड बिपरीत रहेको प्रजिअ दीर्घ नारायण पौडेलले बताउन भएको छ । गुह मन्त्रालयले क्रेसर र बालुवा प्रशोधन केन्द्रको अवस्था बुझेर प्रतिबेदन पठाउन देशभरका प्रशासन कार्यालयमा परिपत्र गरे पछि प्रजिअ पौडेलको नेतृत्वमा क्रेसर र बालुवा प्रशोधन केन्द्रमा गरिएको स्थलगत अनुगमन पछि सो तथ्य बाहिर आएको हो । बाणगंगा, शिवराज, कृष्णनगर, बुद्धुभुमी र कपिलवस्तु नगरपालिमा रहेका क्रेसर बालुवा प्रशोधन केन्द्रको अनुगमन गरिएको छ ।

     गत कार्तिक २ गतेबाट प्रजिअ पौडेलको अगुवाईमा संयुक्त अनुगमन जारी छ । क्रेसर उद्योग नदी बस्ती, धार्मिक स्थल, वन र अन्य भौतिक संरचनाबाट मापदण्डले तोके भन्दा नजिकमा संचालनमा रहेको प्रजिअ पौडेलको भनाई छ । बाणगंगा नगरपालिकामा रहेको क्रेसर उद्योगहरु नदी, वन क्षेत्र र पुलबाट नजिक  छन । मापदण्ड बिपरितका क्रेसर उद्योगले ढुंगा, गिट्टी र बालुवा बेच्ने  गरेको उहाले बताउनुभयो । 

    अनुगमन गएको थाहा पाएपछि बुद्ध्भूमी नगरपालिका– १ महेन्द्रकोटमा रहेको सत्यादेवा क्रेसर उद्योगका संचालकहरु भागेको प्रजिअ पौडेलले बताउनुभयो । सो क्रेसर उद्योग वनजंगलको बिचमा रहेकाले लाईन काट्ने प्रकृया अघि बढाईएको पनि जानकारी गराउनुभयो । जिल्लामा २१ वटा क्रेसर उद्योग र ३० वटा बालुवा प्रशोधन संचालनमा रहेको प्रशासन कार्यालयले जनाएको छ । अनुगमन गरीएका सबै उद्योग मापदण्ड विपरीत रहेको प्रशासनसको भनाइछ । शिवराज, कृष्णनगर नगरपालिमा रहेका क्रेसर र बालुवा प्रशोधन केन्द्रको ईलाका प्रशासन कार्यालय चन्द्रौटाले अनुमगन गरेको छ । 

    स्थानीय प्रशासनले ढुंगा, गिट्टी बालुवा बिक्री बितरणलाई ब्यवस्थित गर्न तत्कालका लागि बिक्री बितरणमा रोक लगाएको छ । नदी नालाबाट उत्खनन गरी क्रेसर उद्योग र बालुवा प्रशोधन केन्द्रले संकलन गरेका ढुंगा गिट्टी बालुवाको स्टक नाप जाच गरी परिणाम एकीन नभए सम्मका लागि प्रशासनले सु्चना जारी गरी सो बिक्री बितरणमा रोक लगाएको हो । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६