अर्थ-वाणिज्य

दुइ ड्राइभरको गति नमिल्दा नेकपाको रथयात्रा लिक बाहिर :महासचिव पौडेल



रुपन्देही ९ मंसिर ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलले पार्र्टीका नेताहरु कम्युनिष्ट पद्धती भन्दा  बाहिर गएको आरोप लगाउनु भएको छ । उहाले पत्रकारहरुसंग खुलेर कुरागर्दै नेकपाको रथले लिक बाहिरको यात्रा शुरु गरेको वताउदै दुइ ड्राइभर भएको रथ अझैपनि सोझिएर लिकमा फर्कन वा दुर्घटनामा पर्न सक्ने दुबै संभावना रहेको औलाउनु भएको छ । 

    शिर्ष नेताहरु मर्यादा बाहिर जादा पार्टीमा संकट उत्पन्न भएको उहाको तर्कछ । गृह जिल्ला रुपन्देही आईपुगेका महासचिव पौडेलले प्रेस संगठन रुपन्देहीले  बुटवलमा आयोेजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै शिर्ष नेताहरु मनगढन्ते शैली , छरपष्ट ब्यवहार , अनुचित दम्भ र हठ जस्ता कार्यका साथ पद्धती विमुख हुदा नेकपाको भविश्यमा खतराको घण्टी बजेको वताउनु भयो । 

    बाहिर जादा पार्टीको आन्तरिक जिवनमा समस्या उत्पन्न भएको त्यसले पार्टीका तमाम कार्यकर्ताहरुलाई चिन्तित बनाएको उहाको तर्क छ  । पार्टीको आन्तरिक जिवनमा समस्या आएको छ त्यसले कार्यकर्ता लाई चिन्तित बनाएको छ हामी त्यो समस्या समाधान गर्ने बाटोमा अगाडि बढने प्रयत्नमा छौ उहाले  भन्नु भयो । राजधानी घोषणापछि पहिलो पटक बुटवल आईपुगेका पौडेल अवको ३ दिन बुटवलमा बस्ने र बिभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ । असन्तुष्ट पार्टी कार्यकर्ता तथा उद्योगी ब्यवसायी संग भेटघाट कार्यक्रम तय भएको नेकपा रुपन्देहीले जनाएको छ ।

राजीनामा दिएका उद्योगी ब्यवासायीसंग छलफल गर्ने आवश्यक कन्भिन्स गर्ने काममा पौडेल सहभागि हुने वताइएको छ । उहा ओली र प्रचण्डलाई मिलाउने धारको नेतृत्वकर्ता हो । पौडेलले प्रचण्डलाई भेटेरै आफ्नो प्रतिवेदन फिर्ता लिन, दुबै अध्यक्षको एउटा साझा प्रतिबेदन वनाउन अनुरोध गर्नु भएको थियो । प्रचण्डले उक्त काममा सहमति नजनाएपछि प्रधानमन्त्री एवम अध्यक्ष केपि ओलीले आफ्नो तर्फवाट प्रतिबेदन तयार पार्न तल्लीन भएका बखतको संक्रमणकालिन काममा कार्यकर्तासंग भेटघाट गर्न उहा रुपन्देही आउनु भएको हो । 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६