जीवनशैली

सन्दर्भ : १६ दिने अभियान , वर्षौदेखि दिवस तर उजुरीका चाङमा बृद्धि



कपिलवस्तु १० मंसिर दिवस मनाएको वर्षौ बिते पनि महिला माथि हिंसा रोकिएको छैन । यति सम्म कि घरमा तरकारी मिठो भएन भने पनि महिलाले गाली खानु पर्छ । मदिरा सेवन गरि गाली गलौच , कुटपिट महिलाले सहनु पर्ने बाध्यता छ ।  अहिले कोरोनाका बाबजुद पनि  देशभर  सामान्य रुपमा सुरक्षित हुदै महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।यो वर्ष “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति , समाज र सबैको ऐक्यवद्धता ” भन्ने  नाराकासाथ १६ दिने लैंगिक  हिंसा विरुद्धको अभियान भइरहेको छ ।

१६ दिने अभियान के हो ?

     यो दिवशको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवश विश्वमै पहिलो पटक मनाईएको थियो ।त्यहाँका महिलाहरु राज्यको शासनबाट यती पीडित थिए, न उनीहरुलाई स्वतन्त्रा पूर्व बस्न, खान र बाँच्न अवस्था थिएन । त्यति वेला महिलाहरुलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यहाँका महिलाहरु त्यस्तो तानाशाह शासनको अत्य गरी ती महिलाहरु उन्मुक्ति हुन चाहन्थे ।त्यसैको नेतृत्व त्यहाँका पेट्रीय, मिनर्भा र मारिया तीन जना महिलाहरुले गरेका थिए । उनीहरुले नेतृत्व गरेको आन्दोलन यति विशाल रुप लियो जुन तत्कालिन अमेरिकन त्रुजिलो सकार दिनप्रतिदिन कमजोर बन्दै गयो । तीनैवटी महिलाहरु शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए ।

    अन्याय नसहने स्वभावका उनीहरु तत्कालिन त्रिजिलो तानाशाहीका विरुद्ध युद्ध गर्न समेत तयार थिए । सरकार विरुद्ध गरिएको त्यो आन्दोलनमा लाखौं÷लाख मानिसको जन सागर उर्लिएको थियो । त्यहि समयमा त्यहाँको सरकारले तीनैवटी महिलालाई राजद्रोहको आरोप लगाई पटक÷पटक जेलमा हाल्यो र पुर्नः त्यही तानाशाही सरकाले सन १९६० मा नोभेम्बर २५ मा तीनै दिदी वहिनीलाई निर्ममता पूर्वक हत्या ग¥यो ।

    उक्त हत्या पछि त्रुजिलो सरकार यति तिरस्कृत भयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको १ बर्षमा नै तानाशाही त्रुजिलो सरकारको अन्त्य भयो । त्यसपछि त्यहाँका महिलाहरुले तानशाही सरकारबाट उन्मुक्ति पाई स्वतन्त्र भए । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तर्राष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको भईरहेको छ ।

प्रहरीको तथ्यांक नियाल्दा :

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा घरेलु हिंसाका उजुरीहरुको चाङ नै देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार  २०७१/७२ मा  घरेलु हिंसाका उजुरी  १ सय ७६  परेका छन ।  जसमा मिलापत्र भएका १०८ र  अदादत गएका ९ मुद्धा रहेका छन । त्यस्तै उजुरी दिए पछि  सम्पर्कमा नआएको ५९ रहेका छन । २०७२/ ७३ मा घरेलु हिंसा २०२, सहमती १ सय ३७ र सम्पर्कमा नआएको ६५ रहेका छन । त्यस्तै २०७३/७४ मा घरेलु हिंसा २ सय ४३ , सहमती १ सय ५६ , सम्पर्कमा नआएको ८७ रहेका छन । 

२०७४÷७५ मा घरेलु हिंसा २६१, सहमती १ सय ७८ रहेको छ ।  अदालतमा ३ वटा मुद्धा गएको र  उजुरी गरेर पनि सम्पर्कमा नआउने  ८३  रहेका छन ।  २०७५/७६ मा २ सय ९२ उजुरी , २ सय १८ सहमती भएको र सम्पर्कमा नआएको ७४ मुद्धा रहेका छन । २०७६/७७ मा २ सय ३९ उजुरी  , सहमती १ सय ५८ , सम्पर्कमा नआएको ८१ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । २०७७/७८ मा हिंसाका  उजुरी ९४ , मिलापत्र ५६ , सम्पर्कमा नआएको ३८ रहेको छ । त्यस्तै प्रहरीमा वालविवाहका उजुरी पनि आउने गरेका छन । जसअनुरुप २०७४/७५ मा ४ वटा वालविाहको उजुरी परेको छ । २०७५/७६ वालविवाह १३ वटा ,२०७६/७७ मा  ५ वटा र २०७७/७८ मा  ६ वटा  वालविवाहका उजुरी परेका छन । वालविवाह विरुद्धका मुद्धाहरु कानुन अनुसार कारवाहि भई किनारा लागेको प्रहरीको तथ्यांकमा उल्लेख छ । 

हिंसाप्रति प्रहरी उपरीक्षक नवराज अघिकारीको बिष्लेषण 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा  आएका उजुरीहरुलाई प्रहरीले लिने बास्तबिकता के हो वुझ्ने र पिडितलाई न्याय दिलाउने काम प्रहरीले  गरेको छ । प्रहरीमा आएका पिडितका भनाई सुनी पिडक र पिडित दुवै पक्षलाई राखेर छलफल गराई धैरै जसो उजुरीहरु स्वेच्छिक मेलमिलाप गराउने काम भएको छ  ।  मेलमिलाप गराउने धैरै जसो उजुरीहरु पिडितकै भनाई अनुसार गरिएको छ । प्रहरीमा आउने महिला , ज्येष्ठ नागरिक कुनै पनि नागरिकका समस्यालाई प्रहरीले समाधान गर्ने गरेको छ  । मातहतका इलाकाहरुमा पनि  लैंगिक हिंसाका कुनै पनि उजुरीलाई तुरुन्तै लिई मिल्न सक्नेलाई मिलापत्र गराउने र ठुला समस्यालाई कानुनी उपचार गराउने निर्देशन दिने गरिएको छ , सोहि अनुसार कामहरु भएका छन  । महिला माथि हुने हिंसा प्रति प्रहरीको सून्य सहनशिलता रहेको छ ।  

सञ्चारकर्मीको दृष्टिमा लैंगिक हिंसा 

मनोज पौडेल :पूर्व अध्यक्ष पत्रकार महासंघ /कान्तिपुर 


महिलाहरु आर्थिक र सामाजिक रुपमा सशक्त नबनाउँदासम्म उनीहरू माथि परिवार र समाजका सदस्यले हिंसा गर्ने अवस्थाको अन्त्य हुन सक्दैन् । त्यसैले महिलालाई शिक्षा र रोजगारीका अवसर मिलाउन सरकारले पहल गर्नु पर्छ । भएका कानुन कार्यान्वयन गर्न सकेपनि हालको अवस्थामा केही परिवर्तन देखिन सक्छ । हामीले लामो समय कानुन ल्याउनमा खर्च ग¥यौं । अबको काम भनेको भएका कानुन व्यवहारमा चरितार्थ गर्नु हो । पीडितहरूले मैले न्याय पाउन सक्छु भन्ने आशा राखेर उजुरी गर्न सक्ने अवस्था सृजना गर्न हामी सबैजना लाग्न जरुरी छ ।

डिलाराम भुषाल : अध्यक्ष ,नेपाल पत्रकार महासंघ 


लैंगिक हिंसा अन्त्यका लागि समाज सचेत हुनु आवश्यक छ । अधिकारका कुरा गर्दै गर्दा कर्तव्यलाई पनि हामीले भुल्नु हुदैन । विगतका तुलनामा अहिले हिंसा अलि कम भएका छन । बिगतमा अपराधका घट्नाहरु दबिएका थिए भने अहिले मिडियाले उजागरण गरेका कारण ति घट्नाहरु बाहिर आएका हुन । मिडियाले गर्दा पिडकलाई कारवाहि र पिडितलाई न्याय पाउन सहज भएको छ । मिडिया , नागरिक समाज , अधिकारकर्मी  अझै शसक्त रुपले लैंगिक हिंसा विरुद्धको अभियानमा लाग्नु पर्छ । महिलाहरुलाई शिक्षित बनाउने , विभिन्न अवसर प्रदान गर्दै आफ्नो खुट्टामा उभिने गराउन सकेमा महिला माथि हुने हिंसा कम हुन्छ । 

हरि अधिकारी : सह -संयोजक प्रेस संगठन नेपाल 


लैंगिक हिंसा रोक्नका लागि समाजलाई सचेतीकरण गर्नु आवश्यक छ । महिला र पुरुषको भुमिकाका बारेमा पनि सबैलाई जानकारी दिनु पर्छ  । महिलाहरुलाई कामको लोड वढि हुने हुदा महिला र पुरुषलाई कामको जिम्मेवारी बाँडफाँड गर्दा लैंगिक हिंसा कम हुन्छ । पुरातनबादी सोच परिवर्तन गर्दै वैज्ञानिक सोचलाई अनुसरण गर्नु पर्छ । विशेष गरि सरकारले पनि महिलाहरुलाई शिक्षामा जोड दिनु पर्छ । आर्थिक रुपले कमजोर भएका महिलाहरुलाई माथिल्लो तहसम्म अध्ययनका लागि  निःशुल्क पढ्ने व्यवस्था सरकारले गर्नु पर्छ , जसले गर्दा लैंगिक हिंसा कम हुन्छ । 

चिन्ता परियार  :अध्यक्ष , दलित पत्रकार संघ लुम्विनी प्रदेश 


हरेक छोरीलाई उच्च शिक्षा दिनु जरुरी छ , जब छोरीहरु सक्षम हुन्छन  ,  आफ्नै खुट्टामा उभिएर केहि गर्न सक्छन तव लैंगिक हिंसा रोकिन्छ ।  महिलाले गरेका योगदानहरुको सम्मान गर्ने ,  विभिन्न अवसरहरु प्रदान गर्दै नेतृत्वतहमा पुर्याउन सहयोग पुर्याउने हो भने महिला माथि हुने हिंसा रोकिन्छ । यसका लागि हामी सबै लाग्नु जरुरी छ । 

सोना खटिक :अध्यक्ष , सञ्चारीका समुह 


पिडा दिनु भन्दा पिडा सहनु ठुलो अपराध हो ।पिडा सहेर बस्नु हुदैन । कति पय यस्ता घट्ना हुन्छन , शुरुमा महिलाले दुःख दिएको भन्दै उजुरी दिन्छन , अनि पछि फिर्ता लिन्छन । यस्तो गर्नु हुदैन । पिडा परे पछि पिडकलाई कारवाहि गराउन पिडित महिलाले हिम्मत गर्नु पर्छ , तब मात्र महिला माथि हिंसा बढेर जादैनन् । लैंगिक हिंसा गर्ने जो कोहिलाई पनि कानुन अनुसार कारवाहि हुनु पर्छ , यस्ता अपराधका घट्नामा आलटाल र ढिलासुस्ती गर्नु हुदैन । 

माधव भाट क्षेत्री  :अध्यक्ष , प्रगतिशिल पत्रकार संघ


पृतिसत्तात्मक सोच , सामाजिक मुल्य मान्यता , संस्कार , संस्कृतिका कारण पनि महिला माथि हिंसा हुने गरेको छ । कुरीती र कुसंस्कारलाई हटाउदै समृद्ध समाज निमार्ण कार्यमा सघाउ पुग्ने खालका सामग्रीहरु सञ्चारमाध्यमले जनसमक्ष पस्किनु पर्छ । लैंगिक हिंसा अन्त्यका लागि सबै होस्टेमा हैसे गर्दै अभियानमा लाग्नु पर्छ  , जसले गर्दा महिला माथि हुने हिंसा कम हुदै जानेछ । छोरीलाई सक्षम बनाउदा महिला माथि हुने धैरै हिंसा कम हुन्छ । 

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६