ब्रेकिंग न्युज

भेटिए वाल पर्यटक गाइड राहुल



कपिलवस्तु मङ्सिर १०

कपिलवस्तुका ‘
वाल पर्यटक गाइड’ भनेर चिनिने राहुल शाहनी भेटिएका छन् ।  कपिलवस्तु
नगरपालिका–३ घर भएका शाहनी कार्तिक १७ गते देखि सम्पर्क विहीन भएका थिए ।
बुधवार मङ्सिर १० गते कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ७ मर्यादपुर
स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेको कपिलवस्तुका
प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । पर्यटकीय स्थल तिलौराकोटमा आउने
पर्यटकहरूको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार,प्रहरी तथा अन्य
सरोकारवालाहरुद्धारा तीव्र रूपमा खोजी कार्य भइरहेको थियो ।

शाहनीको एक
आफन्तका अनुसार उनी कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारतको नसिक पुगेका
थिए । बेपत्ता भएका शाहनीलाई कपिलवस्तु प्रहरीले उनका बुबा रिङ्कु
मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनीले
गौतमबद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने पर्यटकलाई बुद्ध सभ्यताको
विषयमा गाइड गर्ने गर्दथे । 

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६