अर्थ-वाणिज्य

खाेर सुधारका लागि अार्थिक सहयाेग



 सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं २ रकम एक कार्यक्रमका विच पिपलधारामा रहेका ५ वटा मुल समुह का २८ जना समुह सदस्य लाई खोर सुधार को रकम रू २ लाख ५५ हजार रूपैया हस्तान्तरण सभ्पन्न भयो।

खोरको रकम अनुदान प्रदान गर्नुहुदै प्रमुख अतिथि धुर्कोट गाउँपालिकावडा नं २ वडा अध्यक्ष नविन जि सी ले सबै समुह सदस्य हरूले सुधारिएको खोर निर्माण गरेको र बाख्रा पाल्ने कुरा लाई व्यवस्थित तरिकाले बाख्रा पाल्न खोजेको र हरेक कुरामा समुह सदस्यहरूले सकरात्मक काम गर्दै गरेको देख्दा आफु खुशी भएको जानकारी गराउनु भयो। थप कुरा बोल्नुहुदै हामीले ४ वटा सम्म बाख्रा पाल्ने सदस्यलाई ५ हजार र ५ वटा भन्दा बढि बाख्रा पाल्ने सदस्यलाई १० हजारको दरले अनुदान हस्तान्तरण गर्ने कार्यक्रम रहेको हुदा सबै सदस्यलाई छिटो खोर निर्माण गरेर हामी अनुदान दिन आतुर रहेका छौ भन्ने भन्नु भयो। उहाँले सभुह सदस्यले आम्दानी गर्नको लागी खोर सुधार गरेर बाख्रा सङ्ख्या घटाउने हैन बढाउनु पर्छ भन्ने कुरामा जोड दिनु भयो।

रकम अनुदान हस्तान्तरण पिपलधारा सामुदायिक बाख्रा उद्यम उपभोक्ता समिति अध्यक्ष हरिकला खड्काको अध्यक्षता वडा अध्यक्ष नविन जि सी को प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा स्वागत मन्तव्य मिलन महिला उद्यम समुह सदस्य सरस्वती सुनर , प्राविधिक संयोजक नारायण जि सी र सामुदायिक सहजकर्ता मायाँ थापा को आतिथ्यता रहेको कार्यक्रमको संचालन सहयोगी महिला उद्यम समुहकि अध्यक्ष सुमित्रा खनाल ले गर्नु भएको थियो।

प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६