जीवनशैली

महिलाको अवस्था पहिचान गरि सक्षम बनाइने : मेयर थारु



कपिलवस्तु १० मंसिर ।वाणगंगा नगरपालिकाको आयोजनामा  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान  कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले नगरका कोही पनि महिलालाई हिंसा हुन नदिने गरि विभिन्न कार्यक्रमहरु गरिने बताउनु भयो । नगरभित्रका सबै महिलाहरुको अवस्था पहिचान गरि विभिन्न सिपमुलक कार्यक्रम गर्दे आएको समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले  महिलाहरुलाई सक्षम बनाउने कार्यमा नगरपालिका लागि परेको बताउनु भयो । 

        कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले नगरका महिलाहरुलाई आर्थिक रुपले शसक्त पार्दै विभिन्न आयमुलक कार्यक्रममा सहभागी गराइने बताउनु भयो । शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्राईले लैंगिक हिंसा अन्त्यका लागि नगरले ११ वटै वडामा विभिन्न सन्देशमुलक कार्यक्रमहरु गरिने बताउनु भयो । वडा नं १ का अध्यक्ष वालकुमारी पन्त , वडा नं ५ का अध्यक्ष भिष्मराज भुषाल लगायतले लैंगिक हिंसा विरुद्धको अभियानमा सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन  महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले गर्नु भएको थियो ।

    नगरपालिका बाट र्याली सहितको टोली ४ नं चोकमा आई लैंगिक हिंसा विरुद्धको सन्देश मुलक ब्यानर टागीएको थियो ।   यस वर्षको नारा  “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति , समाज र सबैको ऐक्यवद्धता ” भन्ने  नाराकासाथ १६ दिने लैंगिक  हिंसा विरुद्धको अभियान भइरहेको छ ।


प्रकाशित : १० मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६