रुपन्देही १० मंसिर । अर्थमन्त्री विष्णु पौडेलले बुटवल विश्वकै एक सुन्दर मेगासिटीका रुपमा छिटटै विकसीत हुने दावि गर्नु भएको छ । उहाले बुधवार तिनाउ दानव कोरिडोरको शिलान्यास गर्दै बुटवलको तुलना गर्न विश्वका उत्कृष्ट शहरको नाम लिनुपर्ने गरी यसलाई समृद्ध तुल्याइने प्रतिवद्धता जनाउनु भयो । उहाले बुटवलको पुरानो बसपार्कदेखि नेपाल भारत सिमा क्षेत्र सुनौलीको भारतीय सीमा सडकसम्म कोरिडोर निर्माण हुने भएपछि यसले ब्यावसायीकता प्रबद्र्धनमा टेवा मिल्ने औल्याउनु भयो । जिल्लाको तिनाउ र दानव नदीको दुबैतर्फ फराकिलो लेनसहितको आकर्षक सडक निर्माण हुने उहाले अपेक्षा राख्नु भयो ।
तिनाउ नदीको दुवैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणको लागि ठेक्का सम्झौंता प्रक्रिया पूरा भएको छ । कोरिडोरको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देही जिल्लाको अभिषाप मानिने तिनाउ र दानव नदीको बाटो हुँदै भारतसम्मै सडक निर्माण हुने र यसले रुपन्देही जिल्लालाई सुन्दर शहरको रुपमा विकास गर्ने बताउनु भयो ।
रुपन्देहीको मुख्य शहर वुटवल र भैहरवामा ट्राफिक जामको दिर्घकालिन सामाधान गर्नको लागि भन्दै रिभर रुटको रुपमा पर्यटकीय सडक निर्माण सुरु गरिएको मन्त्री पौडेलले जानकारी दिनुभयो । कोरिडोरलाई निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्र, गौतमबुद्धको जन्मस्थल र भैहरवामा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसम्म पुग्नको लागि छोटो मार्ग एवं बाईपास मार्गको रुपमा विकसित गरिने उहाँले बताउनुभयो ।
५० किलोमिटरसम्म बन्ने तिनाउ दानब करिडोर निर्माण गर्नको लागि ४ अर्ब १३ करोड बजेट लागत लाग्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिनुभयो । नदीको दुबैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणसँगै १० मिटर हरियाली , ७ मिटरको कालोपत्रे, दुवैतर्फ २ मिटर फुटपाथ , १–५ मिटर साईड ड्रेन निर्माण हुने छ ।तिनाउ खण्ड निर्माणको लागि ५२ करोड ४६ लाख र दानब खण्डमा करिब १९ करोड ४२ लाख लागत लाग्ने सडक डिभिजनले अनुमान रहेको उहाँले जानकारी दिनुभयो ।
करिडोरको तिनाउ खण्ड सम्पन्न गर्नको लागि किराँतेश्वर मैनाचुली अविशा जेभि काठमान्डौंले ठेक्का पाएको छ भने दानवतर्फको लामा बानिया जेभि मकवानपुरले ठेक्का पाएको छ । तिनाउ खण्ड ३६ महिना र दानब खण्ड २७ महिनामासम्म पूरा हुने गरि ठेक्का भएको हो । यस्तै तिनाउ खण्डको काम तिनाउ पुलदेखि मघरघाट पुलसम्म र दानब खण्ड बेलबास झोलुंगे पुलदेखि सडक बन्ने छ । सोही अवसरमा बोल्दै मन्त्री पौडेलले केपी ओली नेतृत्वको बर्तमान सरकार पूरै अवधि टिक्ने बताउनु भएको छ । उहाँले अस्थिरता चाहनेहरुको अपेक्षा पूरा नहुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो ‘कसैले अस्थिरताको आशंका नगर्नोस, त्यस्तो आशंका र अपेक्षा पूरा हुनेवाला छैन् ।’अर्थमन्त्री पौडेलले यात्राका क्रममा आउने ब्यवधानहरुलाई परास्त गर्दै सरकारले बिकास,समृद्धि र सामजिक न्यायका पक्षमा दृढतापूर्बक काम गर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया