जीवनशैली

कोरोना अपडेट : १५ प्रतिशत भिआइपीको उपचार आइसियूमा, सबै खर्च सरकारको



काठमाडौँ ११ मंसिर ।  कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित भएका छन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जितेका छन ।

    कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री,  प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसकेका छन। संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरि सकेका छन।

    नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसकेकाछन ।सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ । 

    कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ ।

    तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्री ढकालले भने, “कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।” रासस

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६