शिक्षा

कोरोनाबाट विद्यार्थीलाई जोगाउन शिक्षिकाले मास्क सिलाएर बाँडे ।



कपिलवस्तु मङ्सिर ११

विद्यालय
आंशिक रूपमा खुले पछि वाल वालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन
कपिलवस्तुको एक विद्यालयले मास्क निर्माण गरी वितरण गरेको छ । महाराजगन्ज
नगरपालिकाको वडा नं. ८ सिंगरहामा रहेको चूडा कुमारी सामुदायिक आधारभूत
विद्यालयको आफ्ना २२० वाल वालिकालाई मास्क वितरण गरेको छ । तिहार पछि
विद्यालयमा ६ जना शिक्षिकाले फुर्सदको पिरियडमा मास्क सिलाएको विद्यालयको
प्र.अ. विष्णु पाण्डेले बताए । 

‘मास्क सिलाउनका लागी विद्यालयका
शिक्षिका विद्यावती मिश्रा र पूजा चौवेको घरमा रहेको सिलाई मिसिन
विद्यालयमा ल्याइएको थियो । मास्क निमार्णका लागी आवश्यक कपडा र इलास्टिक
गरी २ हजार खर्च भएको थियो । आधा घण्टामा १५ थान मास्क सिलाई गरिएको छ ।
बलियो निर्माण गर्नका लागि ३ पटक सिलाइएको छ ।’ प्र.अ पाण्डेले भने ।

सीमा
क्षेत्रमा रहेको विद्यालय भएको हुँदा नेपाल भारत तर्फ आवत जावत हुने हुँदा
कोरोनाको जोखिम समेत रहेको छ । विद्यालयमा मास्क पाउन थाले पछि वाल वालिका
समेत नियमित आउन लागेका छन् । बालबालिका र शिक्षक सबैले मास्क प्रयोग गरी
आंशिक रूपमा पढाइएको हुँदा कोरोनाको जोखिम समेत कम भएको छ । विद्यालय परिसर
मा हात धुनका लागी साबुन पानीको समेत व्यवस्था गरिएको छ । उक्त विद्यालय
महिला शिक्षिकाले सञ्चालन गरेको विद्यालय हो । 

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६