प्रदेश

शिक्षकको यातनावाट वालकको आखाँ नजिक चोट



कपिलवस्तु ११ मंसिर कपिलवस्तुमा शिक्षकको कुटाईबाट कक्षा ३ मा पढ्ने एक विद्यार्थीको आखाँमा ठूलो चोट लागेको छ । बिद्यालयमा पढाउने क्रममा बाहिरबाट ढिला आएको र नसोधी गएको निहुँ पारी कपिलवस्तु नगरपालिका ९ मा रहेको कनकमूनि माध्यमिक बिद्यालयका शिक्षक चन्द्रप्रकाश उपाध्यायले डेस्कमा टाउको ठोकाएर यातनादिदा चोट लागेको हो । सो घटनावाट ३ कक्षामा अध्ययनरत् ९ बर्षिय विद्यार्थी श्यामबिहारी बरईलाई चोट लागेको हो ।

     बिद्यार्थी बरईले आफ्ना आमाबुबा समक्ष आफ्नो नर्सरी कक्षामा पढ्ने भाईलाई शिक्षक नभएको बेला कापि किन्दिन गएको बताएका छन । कापि किनेर आउदा  शिक्षकले पढाउनु भएको थियो ,केही कुरा नसोधी ढिला आएको भन्दै २ पटक बेन्चमा ठोक्काईदिएको बताएका छन । यता बालकका बुबा लक्ष्मी प्रसाद बरईले बिद्यालयमा शिक्षकले त्यसरी कुटपिट गर्दा पनि केही कारबाही नगरिदिएको भन्दै सञ्चारमाध्य सम्म न्याय दिलाउ माग गरेका छन । 

    उनले बालकको दाया आखामा चोट लागेको र डाक्टरले आँखामा चश्मा लगाउनपर्ने सुझाब दिएको बताएका छन । मंसिर ९ गते उक्त घटना भएको थियो । कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्नेे भन्दै बिद्यालयका प्रअ सम्म पुगेपनि बिद्यालयले घटनालाई खासै चासो नदिएको पीडित वालकका बुवाले बताएका छन ।

    यता वडा अध्यक्ष शिब वाग्लेसमक्ष पनि उक्त घटनालाई जानकारी गराएपछि वडा अध्यक्षले निवेदन लेखेर दिए कारबाही प्रक्रिया अघि बढाउने बताउनुभएको छ । यदि बिद्यालयबाट कारबाही प्रक्रिया अघि नबढे अदालतमा गएर मुद्दा हाल्ने चेतवानी पीडित परिवारले दिएका छन । 

प्रकाशित : ११ मंसिर २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६