बुटवल, ११ मंसिर । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित अर्घाखाँची पाणिनी ५ का ७५ बर्षिय पुरूषको मृत्यु भएको छ । अर्घाखाँचीका ७५ वर्षीय पुरुषलाई मंसिर ४ गते कोरोना पुष्टि भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । उनको विहिवार बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिनुभयो ।
उनलाई ज्वरो, मुटु रोग, निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीय महिलाको पनि मृत्यु भएको छ ।८५ वर्षीय महिलालाई १४ गते कोरोना पुष्टि भएको थियो । ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्या आएपछि २८ गते अस्पताल भर्ना भएकी थिइन् ।
प्रतिक्रिया