अर्थ-वाणिज्य

अव पार्टी फुटाउने तहमा बिवाद लम्विदैन : प्रचण्ड



काठमाडौं १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाभित्रको विवाद अर्का अध्यक्ष केपी शर्मा ओली र आफ्नो नभई पार्टीलाई कम्युनिष्ट पार्टी बनाउने कि बुर्जुवा अवस्थामा छाड्ने भन्ने वहस भएको बताएका छन् ।बाहिर आफ्नाबारेमा पनि विभिन्न टीकाटिप्पणी हुने गरेको बताउँदै अध्यक्ष प्रचण्डले बाहिर हेर्दा नेकपाभित्रको विवाद दुई अध्यक्षको जस्तो देखिए पनि खासमा यो नयाँ विचार र संश्लेषणको अन्तर संघर्ष भएको बताएका छन् ।

    प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पार्टीमा फुट ल्याउने गरी नआउने बताएका छन् ।बिहीबार आफूलाई भेट्न खुमलटारस्थित निवास पुगेका केही स्थायी र केन्द्रीय सदस्यसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पार्टी फुटाउने गरी ओलीले राजनीतिक प्रतिवेदन नल्याउने विश्वासमा आफूहरु रहेको बताएका हुन् ।उनले १३ गतेको बैठकमा ओलीले पनि प्रतिवेदन ल्याउने र दुवै प्रतिवेदनलाई तल्लो तहमा छलफलका लागि पठाएपछि त्यसबाट नयाँ पार्टी निर्माणको क्रम शुरु हुने बताएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

    ‘ओलीले यसअघि पनि पटक–पटक पार्टी फुटाउने कोशिस गर्नु भएकै थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘कहिले अध्यादेश, कहिले निर्वाचन आयोगमा एमाले पार्टी दर्ता त कहिले जबजका नाममा उहाँले फरक पार्टी बनाउने प्रयास गर्दै आउनु भएको छ ।’अध्यक्ष प्रचण्डले आफूहरु पार्टी फुटाउने अभियानमा नरहेको बरु ओलीको पार्टी फुटाउका लागि चाल्दै आएका कदमलाई रोक्दै आएको दावी गरे । ‘हामी पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्नेमा छौँ’, उनले भने, ‘ हामी त पार्टी फुटाउन खोज्ने उहाँ ९ओली० का कदमलाई रोक्दै आएका हौं र फेरि पनि रोक्छौं’, उनले थपे ।

    उनले प्रधानमन्त्री ओलीले पार्टी फुटेको अवस्थामा नेपाली जनतामा नैरास्यता आउँछ भन्ने कुरालाई राम्रोसँग बुझेका कारण पनि तत्काल पार्टी भने नफुट्ने बताएका छन् ।नेकपामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सदस्यका तर्फबाट प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्तावमाथि छलफल र प्रधानमन्त्री ओलीले त्यसको जवाफसहित तयार पारेको प्रतिवेदन १३ गते बस्ने सचिवालय बैठकमा पेस हुँदैछ ।

    अध्यक्ष प्रचण्डले आफूले राजनीतिक प्रतिवेदन तल्लो तहमा पठाएर नेता कार्यकर्तालाई पार्टीभित्रको अन्तर संघर्ष के विषयमा छ भन्ने देखाउन खोजेको पनि बताएका छन् । ‘ओलीजीको प्रतिवेदन पनि आएपछि यसैगरी तल्लो कमिटीमा पठाइन्छ र छलफल गराइन्छ’, उनले भने । मंसिर ३ गते बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच संवाद भएको छैन ।

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६