ब्रेकिंग न्युज

समुदायबाट घर घरमा पुग्यो कोरोना, आज कतिले गुमाए ज्यान ?



काठमाडौं १२ मंसिर पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । तर, संक्रमित थपिने क्रम भने घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक हप्तादेखिको मृत्युको तथ्यांकले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको देखाएको हो । कोरोना भाइरस संक्रमण देखिएको केही महिना संक्रमण कम मात्रामा देखिए पनि केही महिनादेखि संक्रमण समुदायस्तरमै फैलिइसकेको बताइएको छ ।

    समुदायबाट संक्रमितहरू प्राय घर–घरमा पुगेपछि  ज्येष्ठ नागरिक, दीर्घरोगीहरू पनि संक्रमित हुने गरेको र पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम बताउनुहुन्छ । यस्तै, पछिल्लो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने संक्रमित होम आइसोलेसनमै बस्ने र अन्तिम अवस्थामा मात्र अस्पताल आउने हुँदा मृत्यु हुनेको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले बताउनुभएको छ ।

    मृत्यु हुनेहरूको संख्या बढ्दै गए पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घटिरहेको विवरणले देखाएको छ । यता पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । १७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन ।

    पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । यो दर कुल संक्रमितको ९१ दशमलब ९ प्रतिशत हो । शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या  १४ सय ३५ पुगेको छ ।  त्यस्तै नेपालमा हाल १७२३७ जना आइशोलेशनमा छन् भने ६०१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख १० हजार ४६० वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६