जीवनशैली

जीप दुर्घटना ६ र जेसिविवाट १को ज्यान गयो



गुल्मी १२ मंसिर  ।गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुई जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका तीन जनामध्ये इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापाको उपचारका लागि तम्घास ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

    लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।जेसिबीले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको धुर्कोट ३ हाडहाडेकी ३५ बर्षिय श्यामकुमारी मुखियाँको मृत्यु भएको छ । गुल्मीको धुर्कोट ३ हाडहाडे नाबिबाट मोहतेरा जोड्ने भित्री सडक  लु १ क १३०३ नम्बरको जेसिबिले खन्नेक्रममा ढुङ्गा पल्टीदा घाँस काटिरहेको मुखियाँलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरिक्षक महेश्वर उपाध्यायले जानकारी दिनुभएको छ ।

प्रकाशित : १२ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६