कपिलवस्तु, १२ मंसिर । व्यापार संघ कपिलवस्तुको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट पुनः महादेव पोखरेल दोस्रो कार्यकालका लागि निर्बिरोध निर्बाचित हुनु भएकोछ । चुनावी प्रक्रिया अनुसार संस्थाको अध्यक्ष पदमा एकल उम्मेदवारी परेका पोखरेल निर्बिरोध निर्वाचित हुन भएको हो ।
संस्थाको विधानमा ९ पदाधिकारी र १२ सदस्यहरु अधिवेशनबाट चुनिने व्यवस्था छ । भने ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ । चुनावी प्रक्रिया अनुसार संस्थाको वरिष्ठ उपाध्यक्ष पदमा एक जनाको लागि जगत प्रसाद पौडेल र अर्जुन प्रसाद सापकोटाको उम्मेदवारी परेकोमा अर्जुन प्रसाद सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि जगत प्रसाद पौडेल निर्बिरोध निर्वाचित हुनु भयो ।
यस्तै संस्थाको तीन उपाध्यक्षमा दिपक पौडेल, साहिद खाँ र प्रेमकला पौडेल निर्बिरोध चयन भएको निर्वाचन समितिका संयोजक शरद अधिकारीले जानकारी दिनु भयो । यता महासचिवमा गोपाल प्रसाद बञ्जाडे, कोषाध्यक्षमा नमराज न्यौपाने निर्बिरोध निर्वाचित हुनु भएको छ् । भने एक जना सचिव पदका लागि उम्मेदवारी दिएका बलराम मरासिनीले उम्मेदवारी फिर्ता लिएपछि होतराज पोख्रेल ‘शिशिर’ निर्बिरोध सचिवको जिम्मेवारी पाउनु भएको छ । सह–कोषाध्यक्षमा नारायण आचार्यलाई निर्बिरोध जित हात पारेकोछ ।
सदस्यहरुमा भने गोविन्द प्रसाद ढुंगाना, ज्ञानुप्रसाद पोखरेल, कमल प्रसाद पाण्डे, नरबहादुर कार्की, विष्णु बहादुर हमाल, ढुना पन्थी, देवराज ढुंगाना, रेश्मा पाण्डे, गोविन्द बहादुर खत्री र प्रकाश चौधरी निर्बिरोध निर्वाचित भएको निर्बाचन समितिले जनाएको छ । अधिवेशनबाट १२ जना सदस्यहरु चुनिने व्यवस्था भएपनि उम्मेदवारी परेका १० जना निर्बिरोध छनौट भएको २ जना कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष महादेव पोखरेलले जानकारी दिनु भयो ।
नव निर्वाचित अध्यक्ष पोखरेलले आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीको विकल्प नरहेको बताएका छन् । उनले जिल्लाको समग्र विकासमा उद्योगी, व्यापारी, व्यवसायीहरुको महत्वपूर्ण भूमिका रहेको उद्घोष गर्नु भयो ।








प्रतिक्रिया