कपिलवस्तु १३ मंसिर । सरकारल आउँदो १५ गते ३९६ वटा अस्पतालको एकैदिन शिलान्यास गर्दै छ । अस्पताल नभएका पालिकामा एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको छ । यसैक्रममा ३९६ वटा अस्पताल शिलान्यस हुनेमध्ये कपिलवस्तुमा पनि ३ पालिकामा बन्न लागे अनुसार शिलान्यासको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।
चालु आर्थिक बर्षमा अस्पताल निर्माणका लागि सम्बन्धित पालिकाहरुका लागि सरकारले बजेट पनि बिनियोजन गरेको छ । अस्पताल नभएका पालिकाहरुमा एकैदिन शिलान्यास गर्ने तयारी अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ । जसका लागि कपिलवस्तुको शुद्धोधन ,मायादेबी र यशोधरा गाउपालिकामा शिलान्यास हुन लागेका अस्पतालहरुको लागि पनि अस्पताल निर्माणका आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ ।
शुद्धोधन गाउपालिका १० शैयाको अस्पताल ,मायादेबीमा १५ शैयाको अस्पताल र यशोधरामा ५ शैयाको अस्पताल निर्माण हुने भएको छ । जसका लागि सरकारले मायादेबी गाउपालिका हरनामपुर प्राथामिक स्वास्थ्य चौकीमा निर्माण हुने १५ शैयाको अस्पतालको लागि ३ करोड २३ लाख ३० हजार बिनियोजन गरेको गाउपालिका प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले बताउनुभएको छ । शिलान्यसको तयारी भईसकेको छ । शिलान्यास पछि निर्माणको काम शुरु हुने उहाको भनाई छ ।
यस्तै शुद्धोधन गाउपालिकाको लवनी स्वास्थ्य चौकीमा निर्माण हुने अस्पतालको लागि ८५ लाख र यशोधरा गाउपालिकाको बैदौली स्वास्थ्य चौकीमा निर्माण हुने अस्पतालको लागि ७० लाख सरकारले बिनियोजन गरेको छ । यता अस्पाताल बन्न लागेपछि ३ पालिका स्थानिय निकै खुसी भएको छ । सानो बिरामी हुदा पनि बुटवल भैरहवा भारतका सिमानाका रहेका अस्पतालहरुमा जानु पर्ने बाध्यता छिट् हट्ने भन्दै खुसी भएका छन ।
अस्पताल नभएका ३९६ वटा पालिका मध्ये लुम्बिनी प्रदेशमा मात्र ६० वटा पालिकामा अस्पताल बन्ने भएका छन । यी सबै अस्पताल दुई वर्षभित्र बनाइसक्ने सरकारको लक्ष्य छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित ५, १० र १५ शैय्याको आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरिसकेको छ । यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी पालिकामा सशर्त अनुदानका रूपमा उपलब्ध गराइनेछ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकामा ५ देखि १५ शैय्यासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख छ । अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति पनि दिएको छ ।यो बजेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश भएर स्थानीय तहमा सशर्त अनुदानको रुपमा जाने छ । अर्थले पनि स्थानीय तहमा अस्पताल निर्माणका लागि यसअघि नै ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ पठाइसकेको छ ।
अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि बसेको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार मंसिर १५ गते भवन निर्माण शिलान्यास गर्ने तय भएको थियो । हेर्नुहोस लुम्बिनी प्रदेशका कुन कुन पालिकामा कति वटा अस्पताल कति शैयाका बन्दै छन ?सुचि सहित उल्लेख गरिएको छ ।
प्रतिक्रिया