कपिलवस्तु १३ मंसिर ।जितपुर —तौलिहवा सडकखण्डको दुबैतर्फ २५/२५ मिटर कायम गर्ने राजपत्रमा प्रकाशित सुचनालाई लिएर कपिलवस्तुको बाणगंगमा विशेष छलफल भएको छ । आयोजित सामाजिक सरोकारका बिषयक छलफलमा बोल्दै संघिय सांसद अत्तहर कमाल मुसलमानले सडक छेउछाउका स्थानियलाई परेको समस्यालाई गम्भिर रुपमा लिएको बताउदै सबैको साथ सहयोग रहेने बताउनु भएको छ ।
उहाले यो छलफलले तौलिहवा खुनुवा सडकलाई प्रदेश मातहतमा राख्ने निकस सम्म पुराउने हो भने समस्या हट्ने बताउनुभयो । राजपत्रमा प्रकाशित भएको सडक मापदण्ड संशोधन गर्न आवश्यक पहल जिसस र कपिलवस्तु एवम बाणगंगा नगरले गर्नुपर्ने संबिधान सभा सदस्य डोर प्रसाद उपाध्यायले बताउनु भयो यस बिषयलाई कानुनी र राजनितिक हिसाबाले समाधान गर्ने बाटो तर्फ लाग्नुपर्ने उहाले प्रष्टयाउनु भयो ।
यस्तै यता बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले यहि १६ गते कार्यपालिकाको बैठक रहेको हुदा बैठकले पनि यस बिषयमा थप केही महत्वपूर्ण निर्णय गर्ने बताउनुभएको छ । उहाले जिससलाई यस बिषयका लागि सर्बदलिय बैठक आयोजना गर्न नगरपालिकाले अनुरोध गर्ने औल्याउनु भयो ।
यस्तै छलफलमा यस बिषयको समाधानका लागि कानुनी उपचारको वाटो अख्यितार गर्ने समेत निर्णय भएको छ । यस समस्यालाई समाधान गर्नका लागि सबै राजैनैतिक दलहरुले एकआपसमा सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन । नेकपाका शंकर पाण्डे र नेपाली कांग्रेका दुर्गासेनले यस्तो प्रतिवद्धता जनाउनु भयो ।
सामाजिक सरोकारका बिषयमा छलफल कार्यक्रममा बोल्दै कार्यक्रम उपभोक्ता हित संरक्षण मञ्च ,नागरिक समाज ,राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र र मानब अधिकार एलायन्स कपिलवस्तुको आयोजनामा भएको थियो । कार्यक्रममा , उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे , नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई ,राष्ट्रिय मानव अधिकार सरोकार केन्दका अध्यक्ष द्रोर्णराज सुवेदी , वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल लगाएतले बोल्दै निकास खोजी नगरे हजारौ ब्यक्ति घरवार विहिन हुने प्रष्टयाउनु भएको थियो । जितपुर सडकखण्ड सडकलाई १५ बाट २५ मा लैजानु हुन्न भन्ने बिषयमा नगरबासीको माग रहेको छन ।
प्रतिक्रिया