रुपन्देही १३ मंसिर । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तुको गोरुसिंगे–२ का ७४ वर्षीय पुरुष छन् ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवलका पुरुषलाई मंसिर ५ गते कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार राति मृत्यु भएको हो ।
मंसिर ९ गते कोरोना रिपोर्ट पोजिटिभ आएका गोरुसिंगेका पुरुषको शुक्रबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक दुवै जना मिर्गौलाका रोगी थिए ।यस्तै दाङमा कोरोनाबाट शनिबार एक पुरुषको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका १३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताए ।जिल्लामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।
प्रतिक्रिया