भैरहवा १३ मंसिर । बुद्धजन्मस्थल लुम्बिनीमा रोबोटमा आधारित बुद्धग्राम सञ्चालनमा आएको छ। लुम्बिनी आएका पर्यटकले मन्दिर घुमेर मात्र नभई बुद्धको जीवनीबाट केही सन्देश सिकेर जाउन भन्ने उद्देश्यले नेपाली युवाहरु पुरुषोत्तम अर्याल, गोविन्द विश्वकर्मा, प्राथमिक न्यौपाने र दुर्गा तामाङले बुद्धग्राम सञ्चालनमा ल्याएका हुन।
रोबोटीक थ्रियटरको माध्यमबाट नाटकीय स्वरुपमा बुद्धको बारेमा देखाउदाँ पर्यटकलाई केही समय भएपनि भुलाउन सकिने र बुद्धले दिएको सन्देश सबै सामु पस्किन सकिने आशा गरिएको छ। ५ करोडको लागतमा मायादेवी मन्दिरको मुख्य प्रवेशद्वार नजिकै रोबोटिक थ्रियटर अर्थात बुद्ध ग्राम निर्माण भएको छ।
जस्मा गौतम बुद्धको जन्म, मृत्यु देखि महापरिनिर्माण सम्मको अवस्थालाई समेटेर थिएटरको माध्यमबाट बुद्धको जीवनी देखाउने बुद्ध ग्राम प्रालिका संचालक पुरुषोत्तम अर्यालले बताए ।
प्रतिक्रिया