अर्थ-वाणिज्य

चन्द्रौटाले पायो संघवाट प्रदेशको एकमात्र अस्पतालको मान्यता



कपिलवस्तु १५ मंसिर । कपिलवस्तुको चन्द्रौटामा प्रदेश सरकार र शिवराज न.पा. को  लगानीमा निर्माण अघि बढेको सरुवा रोग अस्पालाईलाई संघिय सरकारले एक प्रदेश एक सरुवा रोग अस्पताल अन्तर्गत लुम्विनी प्रदेशको एकमात्र अस्पतालको रुपमा औपचारीक मान्यता दिएको छ । जस अनुसार सरकारले देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने घोषणा कार्यन्वयनमा  ल्याएसंगै यस्तो भएको हो  ।

 सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार सात प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि स्थानको पनि टुंगो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ को मोरङ, प्रदेश २ को बारा, बागमती प्रदेशको भरतपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको चन्द्रौटा कपिलवस्तु, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदशेको डोटीमा शिलन्यास हुने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सरकारले संक्रामण रोगको रोकथाम, उपचार र नियन्त्रणका लागि केन्द्रमा ३०० शैयाको  र हरेक  प्रदेशमा ५० शैयाको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । 

प्रकाशित : १५ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६