रुपन्देही १५ मंसिर ।अर्थमन्त्री भएपछि जनचाहानाका केहि काम गरेर प्रारम्भीक संकेत राम्रो देखाएका अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट बुटवलमा क्यान्सर स्क्रीनिङ सेन्टर स्थापनाका लागि उपलब्ध गराएर अर्काे नमुना योग्य काम गर्नु भएकोछ । उहाले यस बर्षको ६ करोड मध्ये ५ करोड स्वास्थ्य क्षेत्रमा विनियोजन गरेसंगै क्यान्सर स्क्रीनिङ सेन्टर सहितका स्वास्थ्य संरचना निर्माण हुने भएका हुन् ।
बुटवलमा अहिले सम्म धेरै सुविधा विस्तार भएपनि क्यान्सर स्क्रीनिङको ब्यवस्था थिएन । विनियोजित बजेट मध्ये शंकरनगर स्वास्थ्यचौकी पूर्वाधार निर्माण एवं सुदृढिकरण कार्यक्रम तिलोत्तमा नगरपालिकाका लागि १ करोड ,सैनामैनास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सा सुदृढिकरणका लागि एक करोड, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लव अफ बुटवलसंगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापनाका लागि ५० लाख रहेको छ । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नतीका लागि १ करोड ५० लाख विनियोजन गरेका हुन् ।
यस वर्ष स्थानीय पूर्वाधार विकास अन्र्तगत सांसदका लागि ४ करोड विनियोजन गरिएको छ। कार्यविधि अनुसार यो बजेट मंसिर १५ गतेभित्र बिनियोजन गरेर जिल्ला समन्वय समितिमा पठाउनुपर्छ। बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुँदै आएको छ । रुपन्देहीमा यस वर्ष पूर्वाधार कार्यक्रम अन्तर्गत २० करोड आउने छ । ५ निर्वाचन क्षेत्र भएको रुपन्देहीमा कतिपय सांसदका टुक्रे योजना भएकै कारण कार्यान्वयनमा आउन सकेको छैन ।
प्रतिक्रिया