कपिलवस्तु १५ मंसिर ।कपिलवस्तुमा बृहद निशुल्क आखाँ शिविर शुरु भएको छ । लिडो नेपालको आयोजना, आखा अस्पताल तौलिहवाको प्राबिधिक सहयोग तथा कतार च्यारेटीको आर्थिक सहयोगमा सो शिबिर सोमवारबाट सुरु भएको हो । सोही कार्यक्रम अन्तर्गत सोमवार मायादेबी गाउपालिका– २ पकडी स्वास्थ्य चौकीमा सोमवार शिबिर संपन्न भएको छ ।
शिबिरमा ३ सय ७ जनाको आखा जाच भएको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीले बताए । त्यस मध्ये १ सय ५ जना मोतिया बिन्दुका रोगी फेला परेको उनले बताए । शिबिरमा निःशुल्क औषधी समेत त्रितरण गरिएको थियो । मोतिया बिन्दुका बिरामीको तौलिहवा आखा अस्पतालमा निःशुल्क अप्रेशन गरी चश्मा समेत दिईने छ । शिबिरको उद्घाटन लिडोका अध्यक्ष तथा सांसद अतहर कमाल र मायादेबी गाउपालिका प्रमुख बजरंगी चौधरीले संयुक्तरुपमा शुभारम्भ गरेका थिए ।
निःशुलक अप्रशेन हुने भएपछि मोतिया बिन्दुका बिरामीहरु खुशी भएका छन । मंसिर १७ गते बाणगंगा नगरपालिकाको चारनम्बर जितपुर स्थित सामुदायिक अस्पताल र मंसिर १९ गते बुद्ध्भुमी नगरपालिकाको गोरुसिंगे स्थित गौतमबुद्ध उमाबिमा यस्तै शिविर हुने लिडो संस्थाकी सदस्य तथा ब्यवस्थापक सुनिता बेल्बासेले बताईन । आखाका रोगीहरुलाई लक्षित गरी यस बर्ष पनि जिल्लामा आखा शिबिर गरिएको अध्यक्ष कमालले बताए ।
शिबिरमा भेटिएका मोतिया बिन्दुका बिरामीहरुलाई अप्रेशनको सेवा निःशुल्क उपलब्ध गराईने उनले प्रष्टाए । शिबिर पालिकाहरुको समन्वयमा गरिएको हो । कतार च्यारेटीकिो सहयोमगा लिडाले कपिलवस्तु र रुपन्देहीका बिभिन्न स्थानमा गरिब र बिपन्नहरुलाई लक्षित गरी बिभिन्न सामाजिक र आयमुलक काममा सहयोग गर्दै आएको छ ।
१५ मंसिर २०७७, सोमबार
प्रतिक्रिया