अर्थ-वाणिज्य

कपिलवस्तुमा स्थानीय प्रशासन फेल,रोकेको मेलामा उर्लियो भेल



कपिलवस्तु १५ मंसिर । कपिलवस्तुमा स्थानीय प्रशासन फेल भएकोछ । फलस्वरुप मेला लगाउन लगाएको रोकको बेवास्ता गर्दै जनताको भेल उर्लिएको छ । जनसागर मेलामा सहभागि हुदा समेत प्रशासनले सूचना जारी गर्नु वाहेक अरु केहि गर्न नसकेर असफलता देखाएको हो । कोरोना भाईरसले गर्दा मेला लाउन स्थानीय प्रशासनले राके पनि कार्तिक पुर्णिमाका अवसरमा कपिलवसतुको रामघाटमा स्नान गर्न श्रद्धालुहरुको भीड लागेको छ ।

    कोरोना भाईरसकाले गर्दा आईतवार प्रशासन कार्यालयले सुचना जारी गर्दा कार्तिक पुर्णिमामा भीडभाड नगर्न र मेला नलगाउन आग्रह गरेको थियो ।कार्तिक शुक्ल पुर्णिमा दिन सोमवार बाणगंगा नदी अन्र्तगत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनको भीड लागेको हो । बाणंगा नदीको रामाघाटमा हजारौ श्रद्धालु भक्तजनहरुले स्नान गरेका छन । रामघाट मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो । मेलाकालागि कपिलवस्तु नगरपालिकाले ठेक्का लगाउने गरे पनि यस बर्ष भने कोरोनाका कारण ठेक्का नलगाइएको कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरेले बताए । भक्तजनहरु यस बर्ष पनि रामघाटमा स्वस्फुर्तरुपमा रामघाटमा आएको उनले बताए ।     
    यस बर्ष गत बर्षकोे तुलनामा  भक्तजनको संख्यामा भने कम रहेको उनले बताए । कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ । बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा सोमवार  लागेको मेला भर्न ठुलो संख्यामा श्रद्धालुहरु आएका थिए् । प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व  बाकेको श्रद्धालु भक्तजनहरु बताउछन ।  
   मेलामा टाढा टाढाबाट भक्तजनहरु आएका थिए । मेलाका लागि आईतवार राति  देखि नै भक्तजनहरु रामघाटमा जम्मा भएका थिए । भक्तजनहरुले रात भरी जाग्राम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पुजाआजा गरेका थिए । यस दिन नदीमा स्नान गरी पुुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ । सो अवसरमा सयौ भक्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए ।
   त्रेतायगुमा भगवना राम बनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेका थिए । रामले पानी खाए पछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाखाहरु बताउछन । गौदान पुजा गराउन यशाधरा गाउपालिकाको  भडेहरबाट आएका बयोबद्ध पुजारी राम गिरीले भगवान रामको बाणद्धारा उत्पत्ति भएको बाणगंगा नदीमा स्नान गरी गौदान गर्नाले ठूलो पुण्यफल मिल्ने बताए ।     
   ‘ भगवान राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहीत अन्नपात दान गर्नाले बैतरणी पार हुन्छ  ’ उनले भने । बावु बाजे पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको उनको दाबी छ । भक्तजनहरु राभभर भजनकिर्तन, पुजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । यही  अवसरमा कपिलवस्तुका बिद्यलायहरुमा समेत स्थानस्ीय बिदा दिईएको थियो । मेलामा हुन सक्ने बिभिन्न घटनाहरुलाई रोक्न ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो । रामघाटमा लाग्ने मेला स्थलमा पसलहरु भने निकै कम संख्यामा थिए ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६