ब्रेकिंग न्युज

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गयो,चालक फरार



सप्तरी १६ मंसिर ।  सप्तरीबाट बिरामी बोकेर उपचारको लागि विराटनगर लैजाँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ को लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोक्किँदा मङ्गलबार दुर्घटना भएको हो ।दुर्घटनामा तिलाठी २ को लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा मृतककी ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल, ३० वर्षीय छोरा जितेन्द्र मण्डल र ५० वर्षीय भाइ रामसुन्दर मण्डल घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स चालक फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६