ब्रेकिंग न्युज

काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने



काठमाण्डौ १६ मंसिर । काठमाण्डौमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो । काठमाण्डौका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ ।

आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाण्डौमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन् । यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाण्डौको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न सुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै आएको छ । 

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६