काठमाडौं १६ मंसिर। त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।
‘स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि आवश्यक पूर्वतयारी र सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ प्रा.डा. भुसाल भन्छन्, ‘कोरोनाबाट जोगिँदै पढाइलाई निरन्तरता दिन खोजेका हौं ।
’भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।
प्रतिक्रिया